Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

साढे ३ वर्षसम्म २० किलाेमिटर लाइन बनेन, विद्युत अभाव झेल्दै होङ्सी सिमेन्ट

ऊर्जा खबर कार्तिक २०, २०७६   2471

खबर



काठमाडौं । नवलपरासीमा निर्माण भएको होङ्सी शिवम सिमेन्ट उत्पादन सुरु भएको डेढ वर्षमा पनि उद्याेगसम्म पर्याप्त विद्युत पुगेको छैन । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माणमा ढिलाई गर्दा सिमेन्ट उद्याेगले विद्युत नपाएकाे हाे ।

चिनियाँ र केही हिस्सा नेपाली लगानीमा स्थापना भएको उद्योगले २०७५ असारदेखि उत्पादन सुरु गरेको थियो । करिब ५० मेगावाट विद्युत आवश्यक पर्ने कम्पनी आफैंले अहिले १२ मेगावाट मात्र विद्युत उपयोग गरेको छ । कम्पनीले सिमेन्ट उत्पादनका क्रममा उद्योगको भट्टीमा जम्मा हुने तापको उपयोगबाट विद्युत उत्पादन गरि सञ्चालन गरिरहेको छ ।

ad

कम्पनीले अहिले दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीमा बैंक अफ चाइना र चाइना मिङसेङ बैंकको जमानतमा ५ वटा नेपाली बैंकले ७ वर्षका लागि १६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । उद्योगमा ६० प्रतिशत र ३० प्रतिशत नेपाली लगानी छ ।

उद्योगमा विद्युत पुर्रयाउन २०७३ बैशाखदेखि निर्माण सुरु गरिएको १३२ केभी बर्दघाट–सर्दी डबल सर्किट प्रसारण लाइन आयोजना ४५ प्रतिशत मात्र पूरा भएको आयोजना प्रबन्धक हरि पाण्डेले बताए । उनका अनुसार बर्दघाटदेखि सर्दीसम्म पर्ने लाइनको टावर रहने जग खन्ने काम भइरहको छ ।

पाण्डेका अनुसार २० किलोमिटर लामो प्रसारण लाइनमा ६७ वटा टावर ठड्याइने छ । प्रसारण लाइनको ४० वटा टावरको जग खन्ने काम सकिएको छ । यस्तै, बर्दघाट सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । सबस्टेसनको स्युचयार्डमा उपकरण जडानको काम बाँकी छ । आवश्यक उपकरण भन्सारमा रोकिएको छ । भन्सारबाट छुट्ने लगतै जडानको काम सुरु गर्ने पाण्डले बताए ।

निजी जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा अधिग्रहणमा समय लागेपछि सुस्त बनेको प्रसारण लाइन र सबस्टेसनका सबै समस्या समाधान भइसकेकाले अबको ५ महिनामा सम्पन्न भइसक्ने प्राधिकरणले जनाएको छ ।

५० करोड लागतमा निर्माण पूरा गर्ने प्रसारण लाइन तथा सुथा सबस्टेसनको काम जोशी एण्ड मुडभरी कम्पनीलाई दिइएको छ । प्राधिकरणले निर्माण गर्ने डबल सर्किट लाइनमध्ये एउटाबाट होङ्सी शिवम सिमेन्ट र अर्कोबाट प्राधिकरणले स्थानीयलाई विद्युत वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="