Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

 ‘फोर्स लोडसेडिङ’ हटाउन लालपुर सबस्टेसनको स्तरोन्नति गरिँदै, ३ दिन विद्युत आपूर्ति बन्द

ऊर्जा खबर श्रावण ०१, २०७६   2984

खबर



काठमाडाैं- नेपाल विद्युत प्राधिकरणले कन्चनपुरको महेन्द्रनगर क्षेत्रमा हुँदै आएको ‘फोर्स लोडसेडिङ’ हटाउन १३२ केभी लालपुर सबस्टेसनको स्तरोन्नति थालेको छ । प्राधिकरणले १० एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखेर ‘ओभर लोडेड’ ससबस्टेसनको स्तरोन्नति गरिरहेको हो ।

ad

बुधबारबाट सबस्टेसनमा पावर ट्रान्सफर्मर जडानको काम सुरु भएको प्राधिकरण अत्तरिया ग्रिड शाखाले जनाएको छ । ग्रिड शाखाका अनुसार ट्रान्सफर्मर जडान सुरु भएपछि सबस्टेसनबाट हुने आपूर्ति ३ दिनका लागि बन्द गरिएको छ ।

ट्रान्सफर्मर जडान गरेर सञ्चालनमा आएपछि विद्युत आपूर्ति नियमित हुनेछ । सबस्टेसन बन्द हुँदा  अहिले लालपुर, झलारी, बेलौरी, महेन्द्रनगर, गड्डाचौकी, दोधारा चाँददीलगायत स्थानकाे विद्युत सेवा अवरुद्ध भएको छ ।

यसअघि सबस्टेसन ओभर लोड हुँदा प्राधिकरणले तालिका निकालेर त्यस क्षेत्रमा दैनिक ६ घन्टा फोर्स लोडसेडिङ गरिरहेको थियो । गत असार १७ गतेदेखि दैनिक २ देखि ३ पटकसम्म विद्युत सेवा अवरुद्ध हुन थालेपछि ट्रान्सफर्मरको क्षमता बढाएर लाेडसेडिङ अन्त्य गर्न लागेकाे प्राधिकरणले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="