Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

फाेहाेर,सुली र गोबरबाट उत्पादन भएकाे ग्यास सिलिन्डरमा भरेर बिक्री

ऊर्जा खबर बैशाख ०२, २०७६   1033

वैकल्पिक ऊर्जा



काठमाडौं– सरकारको अनुदान सहयोगमा निर्माण भएका १ सय ४७ ठूला वायो प्लान्टले ग्यास उत्पादन गर्दै आएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ‘नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम’ अन्तर्गत विभिन्न जिल्लामा निर्माण भएका प्लान्टबाट ग्यास उत्पादन भइरहेको हो ।

ad

साढे १२ देखि ४ हजार घनमिटर क्षमताका ठूला वायो प्लान्टले ग्यास उत्पादन गरिरहेको कार्यक्रम व्यवस्थापक लवकुमार थापाले बताए । उनका अनुसार ठूला वायो ग्यास प्लान्ट जडानका लागि केन्द्रले कुल लगानीको २० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । २० प्रतिशत अनुदान विश्व बैंकले दिँदै आएको छ । ६० प्रतिशत लगानी प्लान्ट धनीले गरेका छन् ।

कार्यक्रम अन्तर्गत अहिले ५ वटा प्लान्ट निर्माणाधीन छन् । अन्य नयाँ प्लान्टका लागि पनि प्रस्ताव आइरहेको थापाले बताए । ठूला प्लान्टमा कुखुराको सुली, गाईको गोबर र नगरपालिका तथा गाउँपालिकाबाट उत्पादन हुने फोहोरको प्रयोग गरेर ग्यास उत्पादन गरिएको छ ।

ad

व्यवसायिक प्रयोजनले व्यक्तिले निर्माण गरेका प्लान्टबाट उत्पादन भएको ग्यास केही स्थानमा पाइपबाट स्थानीयको घरघरमा वितरण गरिएको केन्द्रले जनाएको छ । केही स्थानमा व्यवसायीले सिलिन्डरमा भरेर बिक्री वितरण गर्दै आएका छन् । केहीले प्राङ्गारिक मल उत्पादन गरेर बिक्री वितरण गरिरहेका छन् ।

संस्थागत प्रयोजनका लागि निर्माण भएका प्लान्टबाट उत्पादन भएको ग्यास अस्पताल, सैनिक ब्यारेक, विद्यालयलगायतमा प्रयोग भएको थापाले बताए । २०७० साल बाट सुरु भएको कार्यक्रम आगामी पुसमा सम्पन्न हुँदैछ । ग्यासमाथिकाे परनिर्भरता कम गरी आयात घटाउने तथा कार्वन उत्सर्जन कम गरी वातावरण जाेगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकाे हाे ।

कार्वन उत्सर्जन घटाउन वायाे  ग्यास प्लान्टकाे भूमिका महत्त्वपूर्णा हुने हुँदा सञ्चालनमा रहेका र निर्माणाधीन प्लान्टलाई पनि स्वच्छ विकास तन्त्र (सिडिएम) अन्तर्गत दर्ता गर्ने प्रक्रिया सुरु गरिएको उनले बताए ।

कार्यक्रमकाे अवधि ९ महिनामा पूरा हुने भए पनि सरकारले विनियाेजन गरेकाे अनुदान रकम २० प्रतिशतमात्रै खर्च भएकाे छ । नयाँ कार्यक्रम भएकाले कार्यान्वयनकाे चरणसम्म पुर्याउन समय लागेकाले सबै बजेट खर्च नहुने देखिएकाे केन्द्रले जनाएकाे छ । कार्यक्रमकाे अवधि थप भएमा ठूला वायाे ग्यास प्लान्टकाे संख्या बढाउन सकिने केन्द्रकाे दाबी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="