Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कहिले हट्ला टुकीकाे उज्यालाे, अझै साढे ६६ लाख जनता अँध्यारोमा

ऊर्जा खबर जेठ २३, २०७६   2080

खबर



काठमाडौं- देशकाे कूल जनसंख्याकाे साढे ६६ लाखभन्दा बढी जनता विद्युत सेवाबाट वञ्चित रहेकाे पाइएकाे छ । अर्थ मन्त्रालयले भर्खरै सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा उक्त विषय उल्लेख गरिएकाे छ ।

आर्थिक सर्वेक्षणअनुसार अहिलेसम्म राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत उपभाेग गरिरहेका ग्राहककाे संख्या ४२ लाख ८४ हजार (सामुदायिक संस्थासहित) छ । नेपाल विद्युत प्राधिकरणले एक ग्राहकबराबर ५ जना परिवार रहने अनुमान गरेकाे छ । यसकाे अाधारमा २ कराेड १४ लाख जनसंख्याले विद्युत पाएकाे मानिन्छ ।

अहिलेसम्म १ हजार १ सय ४२ मेगावाट विद्युत प्रणालीमा जोडिँदा कूल जनसंख्याको २२ प्रतिशत जनता भने अझै अँध्यारोमा हुन । एक घरमा ५ जनाकाे परिवारकाे हिसाब गर्ने हाे भने ६६ लाख ६० हजार जनसंख्याले विद्युत नपाएकाे मन्त्रालयले उल्लेख गरेकाे छ ।

विद्युत पहुँचबाट कर्णाली प्रदेश सबैभन्दा पछि परेको छ । यो प्रदेशका ७३ प्रतिशत जनता विद्युत सेवाबाट बन्चित रहेको पाइएको छ । गत फागुनसम्म यहाँका २७ प्रतिशत जनताले मात्रै राष्ट्रिय प्रणालीको विद्युत उपयोग गरिरहेका छन् । प्रदेशका ६ नगरपालिका र ३७ गाउँपालिकामा विद्युत पहुँच पुगेको छैन ।

यस्तै, सुदुर पश्चिम प्रदेशका करिब ५९ प्रतिशत बासिन्दामा विद्युतको पहुँच छ । ४१ प्रतिशत जनता अझै अध्यारोमा बसिरहेका छन् । यो प्रदेशका दुर्गम पहाडी तथा हिमाली जिल्ला ४ वटा नगरपालिका र ११ वटा गाउँपालिका विद्युत पहुँचबाट बाहिर रहेको सर्वेक्षणमा उल्लेख छ । सन् २०३० सम्ममा सबैका लागि ऊर्जाको सहज पहुँचको लक्ष्य पूरा गर्न कर्णाली र सुदुरपश्चि प्रदेशमा ऊर्जामा लगानी बढाउनु पर्नेमा जाेड दिइएकाे छ ।

यस्तै, प्रदेश-१ का २४ प्रतिशत जनता विद्युतको पहुँचबाट बाहिर छन् । यस प्रदेशमा तराईका अधिकांश जिल्लामा विद्युत सेवा पुगे पनि उत्तरी भेगका दुर्गम जिल्ला विद्युतको पहुँचबाट बाहिर छन् । अहिलेसम्म करिब ७६ प्रतिशत जनताले मात्रै विद्युत सेवा लिइरहेका छन् ।

भौगोलिकरूपमा सुगम भए पनि प्रदेश-२ मा समेत सतप्रतिशत विद्युतीकरण भएको छैन । यो प्रदेशका २० प्रतिशत जनताको जीवन टुकीकाे उज्यालाेमा चलिरहेको छ । करिब ८० प्रतिशतलेमात्रै विद्युत सेवा पाएका छन् । प्रदेश-३ का सबैभन्दा धेरै जनतामा विद्युत सेवा पुगेको छ । प्रदेशभर ९०.३० प्रतिशत जनतामा विद्युत सेवा पुग्दा ९.७० प्रतिशतले अन्य वैकल्पिक ऊर्जाका स्रोतको उपयोग गरिरहेका छन् ।

गण्डकी प्रदेशका १२.६० प्रतिशत जनता अँध्यारोमा छन् । यो प्रदेशमा बसोबास गर्ने ८६.३९ प्रतिशतले विद्युत सेवा उपयोग गरिरहेका छन् । प्रदेश-५ मा पनि १९ प्रतिशत जनता विद्युत सेवा पाउनबाट बन्चित छन् । यहाँको ८१ प्रतिशतले विद्युत खपत गर्न पाएका छन् ।

प्रणालीको विद्युत सेवा नपुगेको क्षेत्रमा वैकल्पिक ऊर्जाका कार्यक्रम सञ्चालन गरेर विद्युतीकरण गरिएको सर्वेक्षण रिर्पोटमा उल्लेख छ । नवीकरणीय ऊर्जाका स्रोतको उपयोग गरी १८ प्रतिशत जनतामा विद्युतको पहुँच पुर्याइएको छ ।

लघु जलविद्युत, सौर्य ऊर्जालगायत स्रोतको उपयोग गरी राष्ट्रिय प्रणालीको विद्युत सेवा पाउन बन्चित ५४ लाख जनतामा सेवा पुगेको रिर्पोटमा जनाइएको छ । रिर्पोट अनुसार दुर्गम गाउँमा लघु तथा साना जलविद्युत केन्द्रको साढे ३० मेगावाट र सौर्य तथा वायु ऊर्जाबाट उत्पादित साढे २६ मेगावाट विद्युत वितरण गरेर सेवा पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="