Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५१७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५३१५ मे.वा. घन्टा
  • भारत : ११४७४ मे.वा. घन्टा
  • ट्रिपिङ : १२० मे.वा. घन्टा
  • माग : २५४२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ग्रिन लाइफको सेयर आवेदन दिने आज अन्तिम दिन

ऊर्जा खबर फागुन २७, २०७५   1758

सेयर



काठमाडौं– ग्रीन लाइफ हाइड्रो पावर कम्पनीको अायाेजना प्रभावित स्थानीयको सेयर आवेदन दिने अवधि आज सकिदैछ । गत माघ २२ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।

कम्पनीले दोलखामा निर्माणाधीन ४० मेगावाटको खानीखोला–१ जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको १८ करोड रुपैयाँ मूल्यको १८ लाख कित्ता सेयर निष्कासन गरेको थियो । निष्कासन भएको सेयर मध्य गौरीशंकर गाउँपालिकाको मार्वु गाउँका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता, सुरी, चंखु र खारेका बासिन्दाहरुका लागि ७ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको छ ।

यसैगरि, जुगु, झ्याकु गाउँ र विगु गाउँपालिकाको लादुकका बासिन्दाहरुका लागि ५ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । सोमबार बिहानसम्मको तथ्याङ्क अनुसार ८ सय ३६ जना स्थानियको ७९ हजार ७ सय ९० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केटले जनाएको छ ।

स्थानीयले न्युनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म सेयर आवेदन दिन सक्नेछन् । स्थानीयले जिल्लास्थित तोकिएका बैंक तथा वित्तीय संस्थामार्फत सेयर आवेदन दिनुपर्नेछ । स्थानीयकाे सेयर निष्कासन गरी बाँडफाँडपछि सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ ।

कम्पनीले दोलखामा निर्माण गरिरहेको खानीखोला–१ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । ९२ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाबाट आगामी चैत्रभित्र विद्युत उत्पादन गर्नेलक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="