Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९२१२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०१५ मे.वा. घन्टा
  • भारत : १०९७८ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २६२०५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माउन्टेन हाइड्रोको सेयर आवेदन दिने आज अन्तिम दिन

ऊर्जा खबर फागुन २८, २०७५   256

सेयर



काठमाडौं– माउन्टेन हाईड्रो नेपाल लिमिटेडले पाँचथरमा निर्माणधीन २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाको सर्वसाधारणका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज सकिदैछ । गत फागुन २३ गतेबाट खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार १ सय १० कित्ता सेयर निष्कासन गरेको छ । निष्कासन गरिएको सेयरमध्ये ३६ हजार ३ सय २२ कित्ता कर्मचारीका लागि र ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी १७ लाख ३९ हजार ७ सय ८८ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । मंगलबार बिहानसम्म ३९ हजार १ सय १७ जना सर्वसाधारणको ३६ करोड ६७ लाख ४५ हजार रुपैयाँको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम ८० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट चालु वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="