Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिजुली पीडितको पत्र

ऊर्जा खबर श्रावण २४, २०७६   1224

बिजुली गफ



काठमाडौं— तपाईंले दैनिक १८ घन्टाको लोडसेडिङ हटाई देशलाई लोडसेडिङमुक्त गर्नुभयो । त्यसमा सम्पूर्ण नेपालीले लोडसेडिङ गराई कमिसन खाने कमिसनखोर, कालाबजारीया बाहेक मुक्तकण्ठले तपाईंको जयजयकार मनायौं ।

ad

तपाईलाई अहिलेसम्म पनि सम्पूर्ण नेपालीले साथ र सहयोग दिँदै आइरहेका छन् । एलईडी चिम प्रकरणमा तपाईमाथि विभिन्न किसिमका लाञ्छना लाग्दा धेरै नेपालीको आँखा रसाए । तपाईंलाई भीमसेन थापासँग तुलना गर्ने नेपालीको कमी भएन ।

तपाईले एलईडी चिम प्रकरणमा गलत नै गरेको भए पनि नेपालीेले आँखा चिम्लेर तपाईंको समर्थन गरे । सामाजिक सञ्जालका पानाहरू तपाईंको समर्थनमा रंगिए । संसदीय समितिको बैठकमा सांसद अमनलाल मोदीले तपाईलाई भ्रष्टाचारी भनेको विषयमा अधिकांश नेपालीले मोदीको आलोचना गरे ।

कार्यकारी निर्देशकज्यू, तपाईंलाई यो पत्र लेख्नुको कारण के हो भने अहिले मेरो घरको फ्रिज नचलेको करिब एक महिना भयो । फ्रिज बिग्रियो भनी नारायणघाट बजारमा फ्रिज बनाउने ठाउँ खोज्दै हिँडे । प्राविधिकले सम्पूर्ण परीक्षण गरेपछि कुनै समस्या नभएको, ठीक रहेको बयान गरी भोल्टेजको समस्याले हुनसक्छ भनी स्टेपलाइजर हाल्न सुझाए ।

उनैको सुझावअनुसार नयाँ स्टेपलाइजर किनेँ । नयाँ स्टेपलाइजर जोडेपछि फ्रिज त चल्यो, तर केही समय चलेपछि स्टेपलाइजर तातेर काम गर्दैन । अफ गर्यो सेलाउन दियो अनि अन गर्दा बल्ल काम गर्छ । यस्तो समस्या आएपछि पुनः फ्रिज मेन्टिनेन्स वर्कसपमा धाउन बाध्य भएँ ।

उक्त समयमा आफ्नो घर गैंडाकोट भएको जानकारी दिएपछि उनीहरूले गैंडाकोटको विद्युत प्रवाहमा समस्या छ । तपाईंजस्ता धेरै यस्ता समस्या लिएर आएका छन् भनी जानकारी गराए । उनीहरू नै भन्छन्, २२० को भोल्टेज आउनुपर्नेमा १२० पनि आउँदैन । अनि कसरी चल्छ फ्रिज ?

भन्छन, स्टेपलाइजर, जेनेरेटरका व्यापारीले सेटिङ मिलाएका छन्, जताततै अनि कसरी आउँछ स्ट्यान्डर भोल्टेज ? हाम्रो गैंडाकोटमा जसरी नै देशैभरि विद्युत प्रवाहमा भोल्टेजको समस्या भएको मैले महसुस गरेकी छु ।

विद्युत भोल्टेजको गडबडीले गर्दा कतिको फ्रिज, कम्युटरलगायत उपकरण बिग्रिएका हुन सक्छन् । त्यसको जिम्मेवारी कसले लिने ? विकसित देशहरूमा अग्रिम जानकारी बिना विद्युत प्रवाहमा गडबडी भयो भने विद्युत प्राधिकरणले त्यसको क्षतिपूर्ति दिन्छ भन्ने तपाईंलाई जानकारी गराइरहन नपर्ला । कार्यकारी निर्देशकज्यू, मैले तपाईको विरोध गरेको होइन । तपाईलाई जानकारी गराउन यो पत्र लेखेकी हुँ ।

पोखरेल, गैंडाकोट नवलपरासी (बर्दघाट सुस्तापूर्व) की बासिन्दा हुन्, साभार : कान्तिपुर दैनिक, सम्पादकलाई चिठी

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="