Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

लिवर्टी इनर्जीले ५१ मेगावाटका आयोजना निर्माण गर्दै

ऊर्जा खबर पुष २७, २०७५   528

खबर



काठमाडौं– लिवर्टी इनर्जी कम्पनीले ५१ मेगावाटका जलविद्युत आयोजना निर्माण अघि बढाएको छ । लमजुङ र बागलुङमा ती आयोजना निर्माण अघि बढाइएको हो ।

लमजुङमा निर्माण भइरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ को निर्माण करिब ८५ प्रतिशत काम पूरा भएको छ । बाँकी दुई आयोजनाको अध्ययन पूरा भई विद्युत खरिद सम्झौता (पिपिए) गर्ने तयारीमा छन् । आयोजनाबाट २०७६ भदौमा विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

बागलुङ र लमजुङमा निर्माण हुने क्रमशः २४.६ मेगावाटको बडिगाड खोला र १.६ मेगावाटको लोदोखोलाको काम अर्को वर्षबाट सुरु गर्ने जनाइएको छ । शुक्रबार सम्पन्न कम्पनीको नावौं वार्षिक साधारणसभामा  तोकिएको समयमै विद्युत उत्पादन गर्न कम्पनी प्रतिबद्ध रहेको बताए । कम्पनीले माथिल्लो दोर्दी ‘ए’ मा लगानी गर्न समयभित्र स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="