Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

डेढ वर्षमा लिखु–४ को निर्माण ३० प्रतिशत सकियाे, १० महिनामा बत्ती बाल्ने लक्ष्य

ऊर्जा खबर कार्तिक २१, २०७६   2510

जलविद्युत



काठमाडौं । ओखलढुङगा र रामेछापको सीमानामा पर्ने लिखु नदीमा निर्माण थालिएको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजनाकाे काम ३० प्रतिशत पूरा भएको छ । काम थालेको डेढ वर्षमा सो काम सकिएको हो ।

२०७५ मंसिरबाट निर्माण सुरु भएको आयोजनाको बाँध, विद्युतगृह, सुरुङ, पेनस्टक सबै क्षेत्रको काम एकसाथ भइरहेको कम्पनीका प्रबन्धक बद्री रिजालले बताए । उनका अनुसार अहिले बाँध क्षेत्रको जग खन्ने काम तथा पेनस्टकको स्टील लाइनिङ भइरहेको छ ।

ad

यस्तै, ४ किलोमिटर लामो सुरुङ, २ सय ३७ मिटर लामो पेनस्टक पाइप रहने गरी डिजाइन गरिएको छ । ओखलढुङगातर्फ खिजिदेम्बा गाउँपालिका वडा न. १ र ३ मा मुख्य संरचना रहेको आयोजनाको विद्युतगृह खन्ने काम पूरा भएकाे छ ।

१ सय २० मेगावाट डिजाइन भएको आयोजना क्षमता घटाएर ५२.४ मेगावाटमा निर्माण सुरु गरिएका हाे । पुरानो डिजाइनअनुसार आयोजना निर्माण गर्न सम्भव नभएकाले क्षमता घटाएर काम ७ वर्षपछि ग्रीन भेन्चर कम्पनीले निर्माण सुरु गरेको छ । सुरुमा भारतीय कम्पनीले लिएकाे आयाेजनाबाट उत्पादित विद्युत भारत निर्यात गर्ने याेजना थियाे ।

९ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट २०७७ साउनदेखि विद्युत उत्पादन गर्ने तालिका छ । उत्पादित विद्युत २ सय २० केभी न्यू-खिम्ती सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृह रहने खिजिदेम्बादेखि सबस्टेसन रहने देवीटारसम्म साढे १७ किलोमिटर प्रसारण लाइन प्रवर्द्धक कम्पनी आफैंले निर्माण गर्नेछ । लिखु नदीमा ५ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनाको अनुमतिपत्र जारी भएका छन् । अहिले करिब साढे ३ सय मेगावाटका आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="