Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६५१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९६३२ मे.वा. घन्टा
  • भारत : ५६४७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २५९३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

लोमान्थाङमा जिएसएम मोबाइल सेवा विस्तार

ऊर्जा खबर जेठ १४, २०७६   277

आइ सि टी



काठमाडौं- नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा सेवा विस्तार गरेको छ । टेलिकमले हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा जिएसएम मोबाइल सेवा विस्तार गरेको हो ।

नेपाल र चीन जोड्ने कोरला नाका नजिक टावर निर्माण गरेर जिएसएम मोबाइल सेवा सुरु गरिएको टेलिकम प्रवक्ता प्रतिभा बैद्यले बताइन । उनका अनुसार यस क्षेत्रमा यसअघि मोबाइल सेवाको पहुँच पुगेको थिएन ।

भौगोलिक विकटता र दुर्गमताका बाबजुद सीमानाका गाउँमा टावर स्थापना गरी मोबाइलको पहुँच पुर्याइएको पनि उनले बताइन । मोबाइल सेवा सुरु भएपछि यस क्षेत्रमा टुजी र थ्रीजी सेवा पुगेको टेलिकमले जनाएको छ ।

सेवा विस्तार भएपछि गर्थु, न्याम्दो, चुङजुङ र कोरला गाउँका १ सय ५० बढी घरधुरी लाभान्वित भएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण भेगमा दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार टेलिकमले सेवा विस्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="