Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

६ सय ७९ मेगावाटको तल्लो अरुण उछिट्याउने भारतको दाउ

ऊर्जा खबर माघ २९, २०७५   1658

खबर



काठमाडाैं– भारतले अरुण नदी बेसिनमा पहिचान भएको ६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्न नेपालसँग प्रस्ताव गरेको छ । सोमबारबाट सुरु भएको अन्तर्राष्ट्रिय दिगो विकास सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान मन्त्री पुनसँग भारतीय पक्षले आयोजना मागेकाे हाे ।

ad

भारत ९ सय मेगावाटको अरुण तेस्रोकै मोडलमा तल्लो अरुण निर्माण गर्न इच्छुक रहेको सिंहलाई उध्रित गर्दै मन्त्री पुनले बताए । ‘अहिले निर्माणाधीन अरुण तेस्रोकै मोडलमा यो आयोजना निर्माण गर्न भारतीय पक्षबाट प्रस्ताव आएको छ, उनले भने, हामीले अरुण तेस्रोको निर्माण प्रगति हेरेर सोही आधारमा थप छलफल गरौंला भनेका छौं ।’ सरकारले अरुण तेस्रोको निर्माण प्रगति हेरेर मात्रै तल्लो अरुण भारतीय पक्षलाई दिने/नदिने उपयुक्त निर्णय गर्ने पनि मन्त्री पुनले बताए ।

उता नेपाल विद्युत प्राधिकरण व्यवस्थापन तथा कर्मचारीले माथिल्लो तामाकोसीकै मोडलमा तल्लो अरुण निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन् । यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनामा लगानी खोज्ने जिम्मा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एजआइडिसिएल) लाई दिएको छ ।

ad

आयोजनामा ५१ प्रतिशत विदेशी र ४९ प्रतिशत स्वदेशी लगानी गर्ने गरी निर्माण गर्ने मन्त्रालयको योजना छ । जसअनुसार अमेरिकाको डबल ट्री बैंकसँग सहुलियत ऋण लिन कम्पनीले प्रक्रिया समेत सुरु गरेको छ । सन् २०१७ को जुलाई महिनामाको प्रारम्भिक अध्ययनअनुसार आयोजनाको लागत १.३ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ ।

ब्रजिलियन कम्पनी ब्रास पावरले उत्पादन अनुमतिपत्रमा राखिएको सर्तअनुसार काम गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार तत्कालीन ऊर्जा मन्त्रालयले तल्लो अरुणको अनुमतिपत्र खारेज गरेको थियो । अहिले सरकारको बास्केटमा रहेको आयोजना विद्युत विकास विभागले थप अध्ययन गरिरहेको छ । आयोजनाबाट उत्पादित विद्युत भारत निर्यात गर्ने गरी डिजाइन भए क्षमता एक हजार मेगावाट पुग्ने मन्त्रालयको आकलन छ ।

तत्कालीन ऊर्जा मन्त्रालयले २०६९ साल मंसिर १ गते ब्रास पावरलाई ३० वर्षका लागि उत्पादन अनुमतिपत्र दिएको थियो । त्यतिबेला १८ महिनाभित्र विस्तृत इन्जिनियरिङ, वित्तीय व्यवस्थापन, विद्युत खरिद सम्झौता (पिपिए) र वातावरणीय प्रभाव मुल्यांकन (इआइए) सम्पन्न गरी निर्माण सुरु गर्ने सर्त थियो ।

तल्लो अरुण अरुण तेस्रोको विद्युतगृहभन्दा तल पर्छ । अरुण तेस्रो अधिक माग हुने समय वा हिउँदमा दैनिक ५÷६ घन्टा पानी जम्मा गरेर विद्युत उत्पादन गर्न सक्ने (पिकिङ रन अफ रिभर)  आयोजना हो । ब्रास पावरले तल्लो अरुणको क्षमता ६ सय ५० मेगावाट बनाउन प्रस्ताव गरेको थियो । त्यतिबेला उसले ४ स मेगावाटमा आयोजनाको अनुमतिपत्र लिएको थियो । संखुवासभा र भोजपुरमा पर्ने आयोजनाको करिब १५ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेट । सप्तकोसी उच्च बाँध निर्माण भए आयोजनाको विद्युतगृह डुबानमा पर्ने पनि अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="