Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तल्लाे हेवाकाे २२.२ मेगावाट प्रणालीमा जाेडिँदै, जेठ १५ देखि विद्युत उत्पाद

ऊर्जा खबर जेठ ०७, २०७६   1929

खबर



काठमाडौं- २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाले जेठ १५ गतेबाट विद्युत उत्पादन गर्ने भएको छ । पाँचथरमा निर्माण सम्पन्न आयोजनाबाट अबको एक सातामा विद्युत उत्पादन हुन लागेको हो ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि विद्युत उत्पादन सुरु हुने प्रवर्द्धक माउन्टेन हाइड्रो नेपाल कम्पनीका अध्यक्ष सीताराम तिम्सिनाले बताए । ‘अहिले हाम्रोतर्फबाट आयोजनाका संरचनाको परीक्षण भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने,‘हामी र ठेकेदारले गर्ने परीक्षणपछि प्राधिकरणको प्राविधिक टोलीले आएर हेर्छ र परीक्षण उत्पादन गर्नेछ ।’

१५ दिनको परीक्षण उत्पादनपछि जेठको अन्त्यबाट आयोजनाले व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने पनि उनले बताए । आयोजनाको ड्राइ टेष्ट सम्पन्न गरेर बाँध, पेनस्टक पाइप तथा सुरुङमा पानी भरेर परीक्षण गरिएको उनले बताए ।

परीक्षणका क्रममा इन्टेक गेटबाट पानी चुहिएकाले त्यसको मर्मतको काम अहिले भइरहेको छ । हेवाको पानी फेमेको बाँधमा ल्याउन निर्माण गरिएको संरचना जडान भएको स्थान केही रसाएकाले समस्या समाधानको प्रयास भइरहेको उनले बताए ।

विद्युतगृहमा पानी खसालेर परीक्षणको चरण पूरा भएको छ । अहिले सबै संरचनाको पानी सुकाउने काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परीक्षणका क्रममा आएका समस्याको समाधान भएपछि प्राधिकरण टोलीले आयोजनाको परीक्षण सुरु गर्नेछ ।

आयोजनाबाट २ वर्षअघि नै विद्युत उत्पादन गर्ने तालिका भए पनि १३२ केभी काबेली कोरिडोर प्रसारण लाइन निर्माणमा भएकाे ढिलाइले आयोजनाकाे उत्पादन पछि धकेलिँदै आएकाे थियाे । काबेली कोरिडोरको दोस्रो खण्ड सञ्चालन भएपछि आयोजनाबाट विद्युत उत्पादन गर्न लागिएको हो ।

आयोजनाबाट उत्पादन हुने विद्युत प्राधिकरणको थापाटार सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन कम्पनीले निर्माण गरेकाे छ । प्रसारण लाइनकाे परीक्षण पनि पूरा भएकाे तिम्सिनाले जानकारी दिए ।

२१.६ मेगावाटमा डिजाइन गरिएको आयोजना ५ मिटर हेड बढाएर २२.२ मेगावाटमा निर्माण गरिएको छ । आयोजना सम्पन्न गर्न ४ अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ ।

३ अर्ब ११ करोड रुपैयाँ लागत अनुमान गरिए पनि आयोजनाको उत्पादन अवधि पछि धकेलिँदा २० करोड रुपैयाँ लागत थपिएको कम्पनीले जनाएको छ । आयोजनामा प्राइम बैंकको अगुवाइमा १२ बैंकको ऋण लगानी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="