Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तल्लो हेवाको २२ मेगावाट प्रणालीमा जोडिँदै, साउन १ देखि व्यावसायिक उत्पादन

ऊर्जा खबर असार १२, २०७६   2733

खबर



काठमाडौं- २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाले आगामी साउन १ गतेबाट व्यावसायिक विद्युत उत्पादन गर्ने भएको छ । गत जेठमा उत्पादन गर्ने तयारी गरिए पनि मुख्य सुरुङ परीक्षणका क्रममा चुहिएपछि ठेढ महिना ढिलो गरी आयोजनाको विद्युत प्रणालीमा जोडिन लागेको हो ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण सम्पन्न गरेपछि व्यावसायिक उत्पादन सुरु हुने प्रवद्र्धक माउन्टेन हाइड्रो नेपाल कम्पनीका अध्यक्ष सीताराम तिम्सिनाले बताए । ‘हामीले सबै संरचनाको परीक्षण सम्पन्न गर्यौं,’ उनले भने, ‘सुरुङमा पानी भर्दा चुहिएर समस्या आएको थियो । त्यो समाधान भइसक्यो ।’

प्राधिकरणको प्राविधिक टोली परीक्षण गर्न सोमबार आयोजनास्थल जान लागेको पनि उनले बताए । टोलीले ड्राइ तथा वेट टेष्ट सम्पन्न गरेपछि २० गतेबाट परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।

परीक्षणका क्रममा आयोजनाले उत्पादन गरेको १५ दिनको विद्युत कम्पनीले प्राधिकरणलाई निशुल्क दिनेछ ।आयोजनाबाट २ वर्षअघि नै विद्युत उत्पादन गर्ने तालिका भए पनि १३२ केभी काबेली कोरिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाइले उत्पादन पछि धकेलिँदै आएको थियो ।

काबेली कोरिडोरको दोस्रो खण्ड सञ्चालन भएपछि आयोजनाबाट विद्युत उत्पादन गर्न लागिएको हो । उत्पादन हुने विद्युत प्राधिकरणको थापाटार सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन कम्पनीले निर्माण सम्पन्न गरेर परीक्षण गरी तयारी अवस्थामा राखेको छ ।

सुरुवातमा २१.६ मेगावाटमा डिजाइन गरिएको आयोजना ५ मिटर हेड बढाएर २२.२ मेगावाटमा निर्माण गरिएको छ । आयोजना सम्पन्न गर्न ४ अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ । ३ अर्ब ११ करोड रुपैयाँ लागत अनुमान गरिए पनि आयोजनाको उत्पादन अवधि पछि धकेलिँदा २० करोड रुपैयाँ लागत थपिएको कम्पनीले जनाएको छ । आयोजनामा प्राइम बैंकको अगुवाइमा १२ बैंकको ऋण लगानी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="