Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तल्लो हेवाको २२ मेगावाट विद्युत प्रणालीमा जोडियो, व्यापारिक उत्पादनको तयारी

ऊर्जा खबर श्रावण २१, २०७६   514

जलविद्युत



काठमाडौं- २२.१ मेगावाटको तल्लो हेवाखोला जविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । माउन्टेन हाइड्रो नेपाल कम्पनीले पाँचथरमा निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो ।

ad

यही साताभित्र आयोजनाबाट व्यापारिक उत्पादन सुरु गर्ने तयारी भइरहेको कम्पनीका अध्यक्ष सीताराम तिम्सिनाले बताए । उनका अनुसार गत साउन ४ गतेबाट परीक्षण उत्पादन गरिरहेको आयोजनाबाट व्यापारिक उत्पादन सुरु गर्ने तयारी भइरहेको हो ।

‘नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली पुगेर परीक्षण उत्पादन गरेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘हाम्रो आयोजनाको २२.१ मेगावाट विद्युत १३२ केभी काबेली कोरिडोरको थापाटार सबस्टेसनमा जोडिएको छ । ’

गत जेठमै उत्पादन सुरु गर्ने तयारी गरे पनि परीक्षणका क्रममा संरचना रसाएपछि त्यसको मर्मत गर्नुपरेकाले केही ढिलो भएको उनले बताए । निर्माण थालेको गरेको ४ वर्षमा आयोजना सम्पन्न भइ विद्युत उत्पादन सुरु गरेको उनले बताए ।

आयोजना सम्पन्न गर्न ४ अर्ब ११ करोड रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३ अर्ब ११ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा उत्पादन तालिका प्रभावित हुँदा करिब १ अर्ब बराबरको लागत बढेको हो । आयोजनामा प्राइम बैंकको अगुवाईमा १२ बैंकले ऋण लगानी गरेका छन् ।

आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोड्न थापाटार सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर लामो प्रसारण लाइन कम्पनीले निर्माण गरेको छ । आयोजनाको विद्युत थपिँदा सेवाको गुणस्तरमा सुधार भइ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="