Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तल्लो खारेखाेलाले पुसदेखि विद्युत उत्पादन गर्ने, ९५ प्रतिशत निर्माण पूरा

ऊर्जा खबर कार्तिक २, २०७६   2998

जलविद्युत



काठमाडाैं ।  ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाले आगामी पुसदेखि विद्युत उत्पादन गर्ने भएकाे छ । दोलखाको गौरीशंकर गाउँपालिका–५, सुरीदोभानमा निर्माणाधीन आयोजनाले अबकाे  २ महिनामा विद्युत उत्पादन सुरु गर्न लागेकाे हाे ।

२०७३ मंसिरबाट निर्माण सुरु भएको आयोजना ९५ प्रतिशत पूरा भएको प्रवर्द्धक युनिभर्सल पावर कम्पनीका प्रबन्ध सञ्चालक विनय भण्डारीले बताए । उनका अनुसार आयोजनाको बाँध क्षेत्रका डिसेन्डिङ बेसिन, वाटर वे लगायत संरचनाकाे निर्माण सकिएकाे छ ।

ad

आयोजनाको ३.२ किलोमिटर लामो  पाइप लाइन बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । अब ५० मिटर पाइप बिछ्याउ बाँकी रहेको उनले बताए । २ सातामा पाइप बिछ्याइसक्ने उनले जानकारी दिए ।

विद्युतगृहमा इलेक्ट्राेमेकानिकल उपकरण जडान भइरहेकाे छ । याे कfम १ महिनाभित्र सम्पन्न गरिसक्ने तालिका छ ।  विद्युतगृह रहने सुरीदोभानदेखि नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनसम्म आवश्यक ४ किलाेमिटर १३२ केभी प्रसारण लाइन कम्पनीले निर्माण गरिरहेकाे छ ।

प्रसारण लाइनकाे जग खनेर सकिएकाे छ । टावर ठड्याउन र तार तान्न बाँकी छ । डेढ महिनामा प्रसारण लाइनकाे टावर ठड्याउने तथा तार तान्ने कार्य सम्पन्न गरिने भण्डारीले बताए । यसअघि गत साउनदेखि आयोजनाबाट विद्युत उत्पादन गर्ने तालिका थियाे ।

नेपाल विद्युत प्राधिकरणले सिंगटी–लामाेसाँघु प्रसारण लाइन पूरा गरिनसकेकाले विद्युत उत्पादन तालिका प्रभावित भएकाे कम्पनीले जनाएकाे छ । प्राधिकरणले पुस दाेस्राे साताभित्र प्रसारण लाइन सम्पन्न गर्ने आश्वासन दिएकाले निर्धारित तालिकाभन्दा ६ महिना ढिलाे गरी आयोजनाले विद्युत उत्पादन सुरु गर्न लागेकाे कम्पनीकाे भनाइ छ ।

आयोजना पूरा भएपछि सुख्खा याममा १ करोड १५ लाख २७ हजार २ सय किलोवाट र वर्षातको मौसममा ५ करोड १२ लाख ४ हजार ५ सय ५१ किलोवाट गरी वार्षिक ६ करोड २७ लाख ३१ हजार ७ सय ५१ किलोवाट विद्युत उत्पादन हुनेछ । आयोजना पूरा गर्न २ अर्ब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा ७ बैंकले ऋण लगानी गरेका छन् । विद्युत उत्पादन सुरु भएको २ वर्षपछि स्थानीय लगानीकर्तालाई लाभांश दिन सुरु गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="