Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०५७ मे.वा. घन्टा
  • भारत : ९३२८ मे.वा. घन्टा
  • ट्रिपिङ : ४०० मे.वा. घन्टा
  • माग : २४२३८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

४ बुँदे सहमतिपछि तल्लो लिखुकाे निर्माण सुचारु

ऊर्जा खबर पुष २, २०७५   3929

खबर



काठमाडौं– रामेपाछको लिखु तामाकोसी गाउँपालिकाको अवरोधका कारण अवरुद्ध २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाको निर्माण सुचारु भएको छ । गत पुस १७ गतेबाट रोकिएको आयोजनाको निर्माण १३ दिनपछि आइतबारबाट सुचारु भएको हो ।

अायाेजना प्रभावित स्थानीय वडाका जनप्रतिनिधि र स्थानीय जनताबीच ४ बुँदे सहमितपछि अायाेजनाकाे निर्माण पूर्णरूपमा सुचारु भएकाे स्वेतगंगा हाइड्रो पावर कम्पनीका संचालक सुवर्णदास श्रेष्ठले बताए । उनका अनुसार स्थानीय जनताकाे पहलमा अायाेजनाकाे निर्माणले पुन गति लिएकाे छ ।

यसअघि गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काको निर्देशनमा गत पुस १७ गतेदेखि अायाेजनाकाे निर्माण ठप्प पारिएकाे थियाे । अध्यक्ष खड्काले प्रवर्द्धक कम्पनी समक्ष गाउँपालिकाका लागि अस्पताल निर्माण, निशुल्क सेयर र विद्युतकाे माग राखेका थिए । गाउँपालिकाकाे माग बमाेजिमका सर्त पूरा गर्न नसकिने बताएपछि अायाेजनाकाे काम राेकिएकाे श्रेष्ठले बताए ।

‘पुस १६ गते आयोजनाको क्रसर रोक्नु भन्ने निर्देशन आयो,’ उनले भने,‘ १७ र १८ गते आयोजनाको संरचना निर्माणको काम रोक्न भनियो र हामीले काम रोक्यौं ।’ आयोजना अघि बढाउन स्थानीय जनताको पूर्ण साथ र समर्थन भए पनि स्थानीय निकायबाट अवरोध हुनु दुखःद भएको उनले गुनासो गरे । सरकासँग अनुमति लिएर निर्माण अघि बढाइएका आयोजनामा अवरोध हुनुले सरकारको १० वर्षमा १५ हजारको सीमा पूरा हुन नसक्ने पनि उनले बताए ।

विद्यमान कानुनी प्रावधान अनुसार वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमा उल्लेखित स्थानीय पूर्वाधार विकासमा छुट्याइएको रकम कम्पनीले खर्च गर्ने उनकाे भनाइ छ । ‘हामीले स्थानीय पूर्वाधार विकासको क्षेत्रमा खर्च गर्ने रकमको विवरण सरोकारवालालाई पारदर्शीरुपमा बुझाएका छौं,’ उनले भने, ‘२ गाउँपालिकाको ६ वडाका प्रतिनिधिको प्रस्ताव गर्ने पूर्वाधार विकासमा रकम खर्च हुनेछ । ’

स्थानीय पूर्वाधार विकासका आयोजनाबारे जानकारी दिन कम्पनीले आगामी माघ १२ गते सर्वसाधारणको भेला आयोजना गर्ने भएको छ । भेलामा प्रभावित वडाका प्रतिनिधिले तयार पारेका पूर्वाधार विकासको योजना सार्वजनिक गरिने भएकाे छ ।

आयोजना निर्माण गर्न प्रयोग हुने ढुंगा, गिटी, बालुवाको राजश्व गाउँपालिकामा बुझाउने दस्तुर तोक्न आग्रह गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको कम्पनीले जनाएको छ । गाउँपालिकामा गत असार २६ गते दस्तुर रोक्न कम्पनीले आवेदन दिएको थियो ।

अायाेजना रामेछाप र अाेखलढुंगाकाे सीमामा पर्दछ । रामेछापकाे लिखु तामाकाेसी र अाेखलढुंगाकाे लिखु गाउँपालिकाका ६ वडा अायाेजनाबाट प्रभावित छन् । चालु वर्षबाट निर्माण सुरु भएकाे अायाेजना २०७८ मा सम्पन्न गरेर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

 

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="