Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९३२१ मे.वा. घन्टा
  • भारत : १०८२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१०४५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तल्लो सेतीमा परामर्शदाता छनोट, २० महिनाभित्र डिपिआर सक्ने लक्ष्य

ऊर्जा खबर जेठ ०६, २०७६   2380

खबर



काठमाडौं– तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गर्ने १ सय ४ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको ‘विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)’ तयार गर्न परामर्शदातासँग सम्झौता भएको छ ।

भारतीय कम्पनी वापकोस लिमिटेड र जापानको निप्पोन कोई जेभीसँग गत चैत २९ गते गते (अप्रिल १२, सन् २०१९) मा सम्झौता भएको हो । कम्पनीले आगामी जुन पहिलो सातादेखि काम सुरु गर्ने कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए ।

ad

सम्झौता अनुसार परामर्शदाताले काम सुरु गरेको २० महिनामा विस्तृत इन्जिनियरिङ डिजाइन र ठेक्का कागजात तयार गर्नुपर्ने सर्त छ ।

डिपिआर तयार गर्न एसियाली विकास बैंक (एडिबी) ले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । २२ करोड अमेरिकी डलर लागत अनुमान गरिएको आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न करिब २४ करोड रुपैयाँमा सम्झौता भएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यसअघि नै आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । कम्पनीले सुरुमा ९२ मेगावाट क्षमतामा अध्ययन गर्न विद्युत विकास विभागबाट अनुमतिपत्र लिए पनि सम्भाव्यता अध्ययनले क्षमता बढ्ने देखाएको हो । गण्डकी नदी बेसिन गुरुयोजनामा भने आयोजनाको क्षमता १ सय २७ मेगावाट उल्लेख छ ।

माथिल्लो सेती (१४० मेगावाट) को विद्युतगृह हुँदै टेलरेस (पानी निकास सुरुङ) बाट निस्केको पानी उपयोग गरी आयोजना निर्माण हुनेछ । माथिल्लो सेतीको लागत महँगो भएकाले क्यासकेडका रूपमा तल्लो सेती निर्माण गरेर लागत अनुपात मिलाउन खोजिएको हो ।

माथिल्लो सेतीको निकास सुरुङ (टेलरेस टनेल) बाट करिब १६ किलोमिटर तलबाट आयोजनाको बाँध सुरु हुन्छ । बाँधबाट साढे ६ किलोमिटर सुरुङबाट पानी ल्याई चितवनको गाईघाटमा निर्माण हुने विद्युतगृहमा खसिलिने छ ।

आयोजनाबाट वर्षिक ४ सय ९० गिगावाट घन्टा (४९ करोड युनिट) विद्युत उत्पादन हुनेछ । अर्धजलाशय (पिकिङ) आयोजना भएकाले दैनिक ७ घन्टा पानी सञ्चित गरेर विद्युतको उच्च माग हुँदा सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ ।

कम्पनीका अनुसार आयोजनाको रिर्टन अन इक्विटी (स्वपुँजीमा गरेको लगानीको प्रतिफल) करिब २० प्रतिशत हुनेछ । यसो हुँदा माथिल्लो सेतीको महँगो लागतसमेत यसले समेट्ने दाबी गरिएको छ ।

कम्पनीले आयोजनामा स्थानीयका लागि पनि सेयर लगानीको अवसर दिने भएको छ । माथिल्लो सेतीमा दातृ निकायको ऋण भएकाले सेयर दिन सम्भव नरहेको र यसको क्षतिपूर्ति तल्लोबाट मिलाउन लागेको थिकेले बताए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="