Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एलपी ग्यास आयात तथा बिक्री बन्द गर्ने चेतावनी दिँदै उद्योगीहरू आन्दोलनमा

ऊर्जा खबर चैत २२, २०७५   280

पेट्रोलियम



काडमाठौं– नेपाल एलपी ग्यास उघोग संघले शुक्रबार (आज) बाट खाना पकाउने एलपी ग्यास आयात, बिक्री वितरण बन्द गरेको छ । संघले यसअघि निगमसँग गरेको सम्झौता कार्यन्वयन नभएको भन्दै आन्दोलनका कार्यक्रम सुरु गरेको हो ।

ad

संघले राखेको १० बुँदे माग निगमले चैत्र २० गतेसम्म पूरा गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म केही निर्णय नभएको संघको दाबी छ । संघका अनुसार गत फागुन २१ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव तथा सचिवको उपस्थितिमा भएको समझदारी कार्यान्वयन नभएको संघले जनाएको छ ।

संघले राखेको १० बुँदे मागका विषयमा अध्ययन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख थियो । पिडओ खरिद नगर्ने र एलपी ग्यास आयात गर्ने सबै रिफाइनबाट एलपी ग्यासको लोडिङ पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको छ ।

ad

यसैगरी, संघले चैत्र २५ गते ग्यास लोड भएका बुलेट भन्सारबाट नछुटाउने, २८ गते सम्पूर्ण ग्यास उद्योग बन्द गर्ने र ३० गतेबाट बिक्री वितरण बन्द गरी थप आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले ग्यास उद्योगको सञ्चालन खर्च, बिक्रेता÷वितरकको कमिसन बढाउनुपर्ने, नेपाली ग्यास बुलेट सञ्चालन गर्न पाउनुपर्ने लगायत १० बुँदे माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="