Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

६ मेगावाटको लुङग्री खोला निर्माण हुने

ऊर्जा खबर असार ०४, २०७६   648

खबर



काठमाडौं- विद्युत विकास विभागले ६ मेगावाटको लुङग्री खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । प्रदेश–५ को रोल्पास्थित लुङग्री खोलामा पहिचान भएको आयोजना विभागले अघि बढाएको हो । विभागले अहिले आयोजनाको अध्ययन गरिरहेको छ । ४.४ मेगावाटमा निर्माण प्रस्ताव गरिएको आयोजनाकाे क्षमता बढेर ६ मेगावाट पुगेको छ ।

लुङग्री खोलामा २६ मिटर लामो तथा ५ मिटर उचाईको बाँध निर्माण निर्माण हुनेछ । लुङग्री खोलाको पानी विद्युतगृहमा पठाउन ३ हजार ८ सय २५ मिटर लामो नहर र ४ हजार ६० मिटर लामो सुरुङमार्ग निर्माण गर्ने गरी आयोजना डिजाइन गरिएको विभागले जनाएको छ । विद्युत उत्पादन गरेर निस्कने पानीलाई निकास नहरबाट फगाम खोलामा खलालिनेछ ।

ad

निर्माण थाल्नुअघिको प्रक्रिया पूरा गर्ने क्रममा विभागले प्रारम्भिक वातावरणीय परिक्षण अध्ययन गर्न आयोजनाले पार्नसक्ने प्रभावका सम्बन्धमा सरोकारवालासँग राय सुझाव माग गरेको छ । सरोकारवालाले २ साताभित्र आइपुग्ने गरी विभाग र परामर्शदाताको कार्यालयमा आइपुग्ने गरी राय सुझाव पठाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस