Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९०७ मे.वा. घन्टा
  • भारत : ५४१९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१७३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विकास हाइड्रो पावरले साढे ४ मेगावाटको माथिल्लो माछाखोला निर्माण गर्ने

ऊर्जा खबर कार्तिक २५, २०७६   2125

जलविद्युत



काठमाडौं । साढे ४ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । गोरखामा पहिचान भएको आयोजना विकास हाइड्रो पावर कम्पनीले अगाडी बढाउन लागेको हो ।

आयोजनाको बाँध स्थलको संरचना माछाखोलाको बायाँ किनारमा रहने गरि डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विद्युतगृह दायाँ किनारमा रहनेछ ।

ad

विद्युगृहमा २.४६ मेगावाट क्षमताको २ वटा टर्वाइन जडान गरिनेछ । टर्वाइनमा ३ फेजको २ वटा जेनेरेटर जडान गरेर विद्युत उत्पादन गरिनेछ । आयोजनबाट २०८० असार २० गतेदेखि विद्युत उत्पादन गर्ने तालिका छ ।

आयोजना निर्माण सम्पन्न भएपछि वार्षिक २८.१९ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन भएको विद्युत ३० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरकाे सल्यानटार सबस्टेसनमा जोडिनेछ ।

अध्ययन पूरा भएको आयोजनाको निर्माण गर्न कम्पनीले स्थानीय क्षेत्रमा पर्नसक्ने वातावरणीय असरबारे सरोकारवालासँग राय सुझाव मागेको छ । आयोजनामा जोडिएका सरोकारवालासँग सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय सुझावको मागिएकाे हाे ।   सरोकारवालाले आफ्नो राय सुझाव विद्युत विकास तथा कम्पनीको कार्यालयमा पठाउन सक्ने व्यवस्था मिलाइएकाे छ ।

शिखर पावरले ४.९६ मेगावाटको भिम पावर साना जलविद्युत आयोजना निर्माण गर्ने

गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा ४.९६ मेगावाटको भिमखोला साना जलविद्युत आयोजना निर्माण हुने भएको छ । बडीगाड गाउँपालिका वडा न.७ र ८ भएर बग्ने भिम खोलामा पहिचान भएको आयोजना शिखर पावर डेभलपमेन्ट कम्पनीले अगाडी बढाउन लागेको हो ।

आयोजनाको मूख्य संरचना भिम खोलाको बायाँ किनारमा रहेन गरि डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । विद्युतगृहमा २.५ मेगावाटको २ वटा टर्वान जडान गरिनेछ । टर्वाइनमा ३ फेजको २ वटा जेनेरेटर गुमाएर विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट २०७८ असोज ३ गतेदेखि विद्युत उत्पादन गर्ने गरी प्रस्ताव गरिएको छ । निर्माण सम्पन्न भएपछि वार्षिक २८.५८१ गिगावाट घण्टा विद्युत आयोजनाबाट उत्पादन हुनेछ । उत्पादित विद्युत १८ किलोमिटर दुरीमा रहेको बस्तु सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको निर्माण गर्न कम्पनीले स्थानीय क्षेत्रमा पर्न सक्ने वातावरणीय असरबारे सरोकारवालासँग राय सुझाव मागेको छ । आयोजनासँग जोडिएका स्थानीय सरोकारवालासँग सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय सुझावको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="