Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अष्ट्रेलिया जानेले माछापुच्छ्रे बैंकबाट सजिलै अष्ट्रेलियन डलर पाउने

ऊर्जा खबर मङि्सर ०६, २०७६   213

बैंक



काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो सेवा सहजरूपमा विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री सुरु गरेको छ । हाल बजारमा रहेको अष्ट्रेलियन डलर अभावलाई परिपूर्ति गर्न बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरी ग्राहकलाई सटही सुविधा प्रदान गर्न लागेको हो ।

विदेश जाने नेपालीहरूले विदेशको भिसा लागेपछि अधिकतम १,५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान छ । तर, हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहजरूपमा अष्ट्रेलियन डलर प्राप्त गर्न सकिरहेका छैनन् ।

ad

उक्त समस्या मध्यनजर गर्दै बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम पार्सपोर्ट, भिसा र कन्र्फम एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाण्डौँ उपत्यकाभित्रका शाखामार्फत अष्ट्रेलियन डलर साट्न पाउने जनाइएको छ ।

बैंकका अनुसार काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरू (लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँबानेश्वर, पाटन, चाबहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड) बाट सहजरूपमा अष्ट्रेलियन डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

बैंकले आफ्ना १ सय ४४ वटा शाखाहरू, १३७ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरू मार्फत ग्राहक महानुभावमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="