Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांश दिने

ऊर्जा खबर असोज २६, २०७६   311

बैंक



काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको २१औ. वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।

बैंकका अनुसार चुक्ता पुँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने निर्णय पारित गरेको छ । साथै, साधारणसभाले माछापुच्छ«े र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाबीच एक आपसमा गाभ्न÷गाभिने सम्बन्धी कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

ad

गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई सातै प्रदेशमा आफ्ना १४० वटा शाखा र १३० शाखारहित बैकिङ सेवा गरी जम्मा २ सय ७० स्थानबाट ७ लाखभन्दा बढी ग्राहकमा सेवा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १ सय ६२ वटा एटिएम सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="