Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माछापुच्छ्रे बैंकको अफर ‘भाटभटेनीमा किनमेल गर्नुस्, ४ हजार फिर्ता लानुस्’

ऊर्जा खबर असोज १२, २०७६   468

बैंक



काठमाडौं— माछापुच्छ्रे बैंक लिमिटेडले दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको उपलक्ष्यमा नगद रकम फिर्ता दिने नयाँ योजना सञ्चालनमा ल्याएको छ । देशभरका भाटभटेनी सुपर मार्केटमा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी किनमेल गर्दा नगद फिर्ता दिने योजना ल्याएको हो ।

अहिलेसम्म बैंकका ३ लाख कार्ड प्रयोगकर्ता छन् । उक्त योजना अनुसार एक जना कार्ड होल्डरले बढीमा ४ हजार रुपैयाँसम्म नगद फिर्ता पाउँछन् । ग्राहकलाई कार्ड प्रयोग गर्न प्रोत्साहन गर्ने नीति अनुसार चाडपर्वको अवसर पारेर नयाँ योजना ल्याइएको बैंकले जानकारी दिएको छ । योजना कार्यान्वयन तथा ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले उपत्यकाका भाटभटेनी सुपर मार्केटमा स्टलहरू पनि राखिएको छ ।

ad

बैंकका ग्राहकले कार्ड प्रयोग गरी भाटभाटेनीमा लत्ता कपडा, जुत्ता लगायत सामान किन्दा १० प्रतिशत नगद फिर्ता पाउँछन् । यस्तै, अन्य घरयासी सामान किन्दा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ । दशैंको मौकामा बैंकले ल्याएको यो योजनाले किनमेलमा निकै सहयोग पुर्याएको अनामनगर भाटभटेनीमा भेटिएकी संगीता सुनुवारले बताइन् ।

आज (आइतबार) देखि सुरु भएको योजना कात्तिक १६ गतेसम्म कायम रहनेछ । बैंकिङ कारोबार सुरु गरेको २०औं वर्ष प्रवेशको उपलक्ष्यमा बैंकले असोजभरि आफ्ना सबै शाखामार्फत १९ प्रकारका थप सुविधा प्रदान गर्ने जनाएको छ । यो सँगै असोजभरि निशुल्क डेबिट कार्ड प्रदान तथा डिम्याट खाता तथा मेरो सेयर खाता खोलिदिनेछ ।

आइतबार अनामनगर, कोटेश्वर, कलंकी, महाराजगन्ज लगायत भाटभटेनी सेन्टरमा बैंकको योजनामा किनमेल गर्नेको भीड देखिन्थ्यो । यस्तो सुविधाले भाटभटेनीका नियमित ग्राहकलाई फाइदा पुगेको कलंकीकी स्थानीयबासी लक्ष्मी सुबेदीले बताइन् ।

योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जनाभन्दा बढीको समूहमा क्रेडिट कार्ड लिनेलाई शतप्रतिशत छुट दिइने भएको छ । बैंकको डलर कार्ड जारी शुल्क, आइएनआर÷युएसडी र ट्राभल ड्राफ्ट र गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायत सुविधा उपलब्ध गराउनेछ ।

बैंकका देशभर १ सय ३७ शाखा, १ सय २८ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा २६५ स्थानबाट र १६० वटा एटिएममार्फत ग्राहकलाई बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="