Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माछापुच्छ्रे बैंकका ११ नयाँ शाखा थपिए

ऊर्जा खबर कार्तिक २८, २०७६   210

बैंक



काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहिको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया, कैलालीको लम्की र अत्तरियामा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

उक्त शाखा कार्यालयको सम्बन्धित महानगरपालीका तथा नगरपालीकाका स्थानिय जनप्रतिनिधि एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा.बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

ad

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिंङ सेवाको पहुँचका लागि नयाँनयाँ स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखा मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिंङ सुविधाको साथमा बैंकले २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४४ वटा शाखा र १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७७ स्थानवाट ग्राहक महानुभावमा सम्पुर्ण बैंकिंङ सुबिधा प्रदान गरिरहेको छ । साथै, देशभर रहेका १६७ वटा एटीएम मार्फत बैंकले २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="