Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६५४७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६४१४ मे.वा. घन्टा
  • भारत : ९३१६ मे.वा. घन्टा
  • ट्रिपिङ : ६० मे.वा. घन्टा
  • माग : २२३३७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माछापुच्छ्रे बैंकले विदेशी बैंकबाट १ अर्ब रुपैयाँ बढी रकम ल्याउने

ऊर्जा खबर पुष १४, २०७६   685

बैंक



काठमाडौं । माछापुच्छ्रे बैंकले विदेशी बैंकबाट ऋण लिने भएको छ ।  माछापुच्छ्रेले दुवईस्थित मस्रेक बैंकबाट १ अर्ब  अर्थात १ करोड डलर रूपैयाँ  ऋण लिने भएको छ।

ऋण लिने सम्झौंतापत्रमा माछापुच्छ्रेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा र मस्रेकका नेपालका लागि आवासीय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरेका छन ।

३ वर्षदेखि बैंकिङ प्रणालीमा लगानी योग्य पुँजीको अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले खुला गरेपछि बैंकले विदेशबाट ऋण लिन लागेको हो ।

बैंकले पैसा ल्याउनका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृती माग  गरी आवेदन पेश गरेको छ । राष्ट्र बैंकबाट स्वीकृति पाएलगत्तै बैंकले यो रकम ल्याउनेछ । राष्ट्र बैंकले कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

बैंकले मस्रेकबाट ल्याएको रकम कृषि, उर्जा, पर्यटन, साना तथा मझौंला व्यवसाय लगायत अन्य प्राथमिक क्षेत्रमा लगानी गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="