Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माछापुच्छ्रे बैंकका एटिएम र प्वाइस अफ सेल्स मास्टर कार्डमा आबद्व

ऊर्जा खबर मङि्सर १३, २०७६   201

बैंक



काठमाडौं । माछापुच्छ्रे बैंकको एटीएम तथा प्वाइन्ट अफ सेल्स (पीओएस मेसिन) मास्टर कार्डको सञ्जालसँग आबद्ध भएको छ । विदेशी पर्यटक तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंक मास्टर कार्डसँग आबद्ध भएको हो ।

बैंकले छिटै नै आफ्ना ग्राहकलाई मास्टरकार्ड जारी गर्ने समेत जनाएको छ । मास्टर कार्डसँगै बैंकका एटीएम र पीओएसमा भीसा, यूनियन पे, मास्टरकार्ड  र मेस्ट्रो कार्ड प्रयोग गर्न सकिनेछन् ।

ad

माछापुच्छ्रे बैंक १४४ वटा शाखा, १३७ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

स्थापना कालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधि आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="