Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दुई दशकपछि विद्युत प्राधिकरण फर्किँदै माधव कोइराला, १२औं तहका अरूलाई पनि फर्काइँदै

ऊर्जा खबर मङि्सर ११, २०७६   3282

खबर



काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत माधवप्रसाद कोइराला मुख्य संस्था (नेपाल विद्युत प्राधिकरण) मा फर्किने भएका छन् । उपकार्यकारी निर्देशक (१२औं तह) मा बढुवा भएको र प्राधिकरणमा उक्त तहका केही निर्देशनालय खाली भएकाले उनी फर्किन लागेका हुन् ।

कोइरालालाई चिलिमेबाट सरुवा गर्ने निर्णयसमेत भएको कार्यकारी निर्देशकको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार प्राविधिकतर्फका निर्देशनालयका उपकार्यकारी निर्देशकहरूले अनिवार्य अवकाश पाउँदै गएपछि ती ठाउँ खाली भएका छन् ।

ad

नेपाल विद्युत प्राधिकरणले उपकार्यकारी निर्देशक (१२औं तह) द्वय हितेन्द्रदेव शाक्य र माधवप्रसाद कोइरालालाई फिर्ता गर्ने भएको छ । प्राधिकरणमा १२औं तहको पद खाली हुँदै गएपछि उनीहरूलाई फिर्ता बोलाउने निर्णय भएको हो । कोइराला स्वयंले पनि आफू अब प्राधिकरण फर्किने बताएका छन् ।

सेवा प्रवेशको केही वर्षपछि उनलाई चिलिमे जलविद्युत आयोजना निर्माणमा खटाइएको थियो । सन् १९९५ मा चिलिमे कम्पनी स्थापना भएको र त्यसको केही वर्षपछि उनी आयोजनामा खटिएका थिए । त्यसपछि रसुवागढी अध्ययन तथा निर्माण हुँदै पछिल्लो समय पुनः चिलिमेको मुख्य जिम्मेवारी सम्हाल्न पुगेका थिए ।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट जलस्रोत (सिभिल इन्जिनियरिङ) मा स्नातकोत्तर गरेका कोइराला नेतृत्व तहमा सक्षम मानिन्छन् । १ सय ११ मेगावाटको रसुवागढी निर्माणमा कुशल व्यवस्थापन गरेकै कारण चिलिमेका अन्य आयोजनाको तुलनामा यसको काम अगाडि बढेको छ ।

उपकार्यकारी निर्देशकमा बढुवा भएपछि चिलिमे अन्तर्गतका सबै कम्पनीको नेतृत्व र निर्माणाधीन आयोजनाको गति बढाउने उद्देश्यले उनलाई त्यहाँ सरुवा गरिएको थियो । यता प्राधिकरणमा एकै पटक योजना अनुगमन तथा सूचना प्रविधि, इन्जिनियरिङ सेवा र सहायक कम्पनी अनुगमन निर्देशनालय खाली भएका छन् ।

खाली स्थानको पदपूर्ति र नीतिगत काममा उत्पन्न समस्या समाधान गर्न पनि कोइरालाई प्राधिकरण ल्याएको छ । अहिले उपनिर्वाचन सुरु भएको आचारसंहिता लाग्ने भएकाले निर्वाचनपछि उनले प्राधिकरणको जिम्मेवारी सम्हाल्ने बताइएकाे छ । कोइरालासँगै एनइए इन्जिनियरिङमा प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पनि फिर्ता बोलाउने तयारी भएको छ । उनको विषयमा पनि निर्णय भइनसकेको जनाइएको छ ।

शाक्य ३ वर्षअघि स्थापना भएको एनइए इन्जिनियरिङमा सुरुदेखि नै कार्यरत छन् । १२औं तह अर्थात् उपकार्यकारी निर्देशकहरू प्राधिकरणमै रहनुपर्ने र नीतिगत तहमा काम गर्नुपर्ने विषय उठेपछि दुवैलाई फर्काउने तयारी छ । मुख्य संस्थाभन्दा बाहिर १२औं तहका विज्ञानप्रसाद श्रेष्ठ पनि छन् । श्रेष्ठ माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । तामाकोसी निर्माण अन्तिम चरणमा रहेको र काम प्रभावित हुने हुँदा तत्कालका लागि उनलाई फिर्ता नल्याउने आन्तरिक निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="