Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कास्कीकाे मादी गाउँपालिका जलविद्युतमा धनी

ऊर्जा खबर असार २५, २०७६   2872

खबर



काठमाडौं- जलविद्युत उत्पादनकाे प्रचुर सम्भावना रहेकाे गण्डकी प्रदेशमा अहिले ५ सय ६२ मेगावाट बराबरका आयोजना निर्माणाधीन छन् । यी मध्ये सय मेगावाट बढीका आयोजना कास्कीकाे एउटै गाउँपालिकामा छन् ।

जिल्लाकाे मादी गाउँपालिकास्थित मादी काेरिडाेरमा बग्ने खाेलामा १ सय १९ मेगावाटका ५ जलविद्युत आयोजना छन् । निर्माण सम्पन्न भएका ३७ मेगावाटका २ जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् ।

२५ मेगावाटको माथिल्लो मादी र १३ मेगावाटको मद्क्यु खोला सम्पन्न भई सञ्चालनमा छन् । मादी पावर कम्पनीले माथिल्लो मादी निर्माण गरेको हो । चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्ल्युइ) र नेपाली समूहको संयुक्त लगानीमा निर्माण भएको आयोजनाले २०७३ पुसदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

आयोजनामा चिनियाँ कम्पनीको ९० र नेपाली लगानीकर्ता समूहको १० प्रतिशत लगानी स्वामित्व रहेको व्यवस्थापक रामराज कोइरालाले बताए । उनका अनुसार आयोजनाले वार्षिक १ सय ४४ गिगावाट घन्टा विद्युत उत्पादन गरिरहेको छ । पहिरोको चपेटामा परेको यो आयोजनाको निर्माण पटक–पटक प्रभावित भएको थियो ।

मद्क्यु खोला स्वदेशी लगानीमा निर्माण भएको आयोजना हो । यो आयोजनाले २०७४ चैतदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ । सिक्लेस हाइड्रो पावर कम्पनीले प्रवर्द्धन गरेको आयोजनामा कास्कीको औद्योगिक घराना केसी समूहको लगानी छ । प्रतिमेगवाट १७ करोड रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको हाे ।

मादी कोरिडोरमा ५६ मेगावाटका २ जलविद्युत आयोजना निर्माणाधीन छन् । १२ मेगावाटको नामार्जुन मादी र ४४ मेगावाटको सुपर मादी निर्माणाधीन आयोजना हुन् ।

नामार्जुन मादी निर्माणको अन्तिम चरणमा छ । संरचना निर्माणको काम पूरा भएको आयोजनाको विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको छ ।

३ महिनाभित्र उपकरण जडानको काम सम्पनन गरेर आगामी पुसभित्र आयोजनाबाट विद्युत उत्पादन सुरु हुने प्रवर्द्धक हिमालयन हाइड्रो पावर कम्पनीका सचिव कृष्ण भण्डारीले बताए ।

‘भूकम्प पहिरोजस्ता प्राकृतिक प्रकोपको मारमा आयोजना पर्यो, ’ उनले ऊर्जा खबरसँग भने, ‘बनाउने नबनाउने अन्योल थियो । तर, २०७३ मंसिदेखि काम थालेर आयोजना अन्तिम चरणमा पुगेको छ । अब पुसभन्दा ढिलो हुँदैन ।’  २ अर्ब २७ करोड रुपैयाँ लागतमा आयोजना सम्पन्न हुँदैछ ।

यस्तै, सुपर मादीकाे मुख्य सुरुङमा काम भइरहेको छ । मुख्य सुरुङ १३ सय मिटर खनिसकिएकाे छ । अबको २ वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ सुपर मादी हाइड्रो पावर कम्पनीले आयोजना निर्माण गरिरहेको हो । आयोजनाले २०७८ जेठदेखि विद्युत उत्पादन गर्नेछ । आयोजना सम्पनन गर्न ७ अर्ब ६५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

यस कोरिडोरमै पहिचान भएको अर्को २५ मेगावाटको बज्र मादी आयोजना छ । बज्र इनर्जी भेन्चर्स कम्पनीले आयोजन अघि बढाउँदैछ । अहिले आयोजना अध्ययनको चरणमा छ । आयोजनाको मुख्य संरचना मादी गाउँपालिकाकाे हरियो स्वरा र ददीदेउराली गाउँमा रहने गरी डिजाइन तयार भएकाे छ ।

मादी कोरिडोरका सबै आयोजना नेपाल विद्युत प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिन्छन् । माथिल्लो मादी र मद्क्यु खोलाको विद्युत जोडिसकिएको छ ।

निर्माणाधीन नामार्जुन मादी र सुपर मादी पनि यही सबस्टेसनमा जोडिँदै छन् । बज्र मादीबाहेकका ४ आयोजनाले सबस्टेसनसम्म विद्युत पुर्याउन १३२ केभीकाे एउटै प्रसारण लाइन उपयोग गर्ने सम्झौता गरेका छन् । बज्र मादीले ७ किलाेमिटर प्रसारण लाइन आफैं निर्माण गरेर सबस्टेसनसम्म विद्युत पुर्याउनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="