Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो मार्दी आयोजनाको उत्पादन सुरु, प्रणालीमा ७ मेगावाट थपियो

ऊर्जा खबर असोज ०३, २०७६   2746

जलविद्युत



काठमाडौ— माथिल्लो मार्दी जलविद्युत आयोजनाको ७ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । कास्कीको मार्दी खोलामा निर्माण सम्पन्न आयोजनाको विद्युत शुक्रबारबाट प्रणालीमा जोडिएको हो ।

विद्युतगृहमा जडान भएका इलेक्ट्रो मेकानिकल उपकरणको परीक्षण पूरा गरेर उत्पादन सुरु गरिएको आयोजना निर्देशक किरण केसीले बताए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण उत्पादन सुरु गरेको हो । २ साताको परीक्षणपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्ने उनले बताए ।

ad

२०७५ चैतदेखि विद्युत उत्पादन गर्ने तालिका भए पनि आयोजना स्थलमा सुख्खा पहिरो खस्दा पाइप लाइनको एलाइनमेन्ट परिवर्तन गर्नुपरेकाले ५ महिना ढिलो गरी विद्युत उत्पादन सुरु भएको प्रवर्द्धक युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रो पावर कम्पनीले जनाएको छ ।

उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको १३२ केभी बास्कोट सबस्टेसनमा लगेर जोडिएको छ । सबस्टेसनसम्म आवश्यक पर्ने प्रसारण लाइन प्रवर्द्धक कम्पनी आफैंले निर्माण गरेको छ ।

१ अर्ब २५ करोड रुपैयाँ लागतमा पूरा हुन लागेको आयोजनामा प्राइम बैंकको अगुवाईमा जनता र सेन्चुरी बैंकको ऋण लगानी छ । ९० करोड बैंकको ऋण र ३५ करोड स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="