विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

ऊर्जा खबर कार्तिक १५, २०७५ 171

काठमाडौं– आइएमई पे मोबाइल मनी मार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठ र आइएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हुनेछ । साथै, बैंकका सेवाग्राहीले चाँडै आइएमई पे बालेटमा आफ्नो खाता लिंक गर्नेलगायत खाताबाट वालेट र वालेटबाट खातामा रकम जम्मा गर्न सक्नेछन्

बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने जनाइउको छ । १६ हजार भन्दा बढी एजेन्ट आउटलेट सञ्जाल भएको आइएमई डिजिटल आईएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउदै आएको छ । र, यसको मद्दतबाट सेवाग्राही आफैंले वा एजेन्टको सहयोगमा मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी काम गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीच सामान्य रकम ट्रान्सफरको सुविधादेखि अनलाइन तथा स्थलगत स्टोरमा क्युआरमार्फत भुक्तानी, मोबाइल रिचार्ज र घरयासी तथा कार्यालयका बिल भुक्तानी गर्न सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="