Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मेलम्चीको पानी १ जनालाई १२७ लिटर

दीपेन्द्र विष्ट भदौ २४, २०७६   473

जलस्रोत



काठमाडौँ — खानेपानी मन्त्रालयले राजधानीवासी प्रत्येक व्यक्तिले दैनिक १ सय २७ लिटर मेलम्ची पानी उपयोग गर्न सक्ने जनाएको छ । सरसफाइ, पिउनलगायतका दैनिक पानी प्रयोग लागि मन्त्रालयले सीमा निर्धारण गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार प्राविधिकलगायतको सम्पूर्ण डिजाइन त्यसै किसिमले तयार गरिएको छ । ‘पानीको मात्रा त्यसै किसिमले वितरण गरिन्छ, वितरण प्रणालीलाई त्यही किसिमले जडान गरिएको छ,’ आयोजना निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने, ‘पाइप बिछ्याउने, पानी पोखरी (ठूला पानी ट्यांककी) निर्माण गरिसकेका छौं, पानी पनि त्यसै किसिमले वितरण गर्छौं ।’

ad

मेलम्ची, याङग्री र लार्के खोलाबाट करिब ५१ करोड लिटर पानी उपत्यकामा भित्रिने उल्लेख गर्दै उनले ४० लाख जनताले सामानुपातिक हिसाबले पानीको उपयोग गर्न सक्ने बताए । थोक वितरण प्रणाली (मुख्य) को ७६ मध्ये ७५ किमि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको उनले बताए । त्यसमध्ये ४० किमि पाइपको टेस्टसमेत भइसकेको छ । साथै, १० वटा पानी पोखरीमध्ये ७ वटाको पानी हालेर परीक्षण भइरहेको छ ।

हाल सुन्दरीजलबाट बाग्मतीको पानी नयाँ पाइपबाट दैनिक ३ करोड लिटर दरले ल्याउने काम भइरहेको उनले बताए । ‘महाकाल पोखरीमा ल्याएर त्यहाँ पाइपमा पठाएर अन्य पोखरीमा पठाएर परीक्षण गरिराखेका छौं,’ उनले भने, ‘त्यसपछि बस्तीमा पठाएका पाइपको पनि परीक्षण गर्छौं ।’ अहिले मुख्य पाइपको मात्र परीक्षण भइरहेको उनले बताए ।

हालसम्म पाइपमा कतै ठूलो चुहावट नदेखिएको उनले बताए । पानी पोखरीमा खास समस्या नदेखिएको भन्दै उनले गत वर्ष परीक्षण गर्दा पाइपमा चुहावटभएको बताए । मेलम्चीको पानी संकलनका लागि राजधानीमा ९ वटा पानी पोखरी (ठूला पानी ट्यांकी) को निर्माण सम्पन्न भएको छ । १० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको भन्दै आयोजनाले ती पोखरीको परीक्षण भइरहेको छ ।

अब ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पाइपद्वारा पानी वितरण गरिने छ । खत्रीका अनुसार सुन्दरीजलस्थित प्रशोधन केन्द्र रहेको पानी मुख्य पाइपद्वारा पोखरीमा खन्याइने छ । आरुबारी (८ हजार ५ सय घनमिटर), बाँसबारी (९ हजार ५ सय), महांकाल (८ हजार), खुमलटार (९ हजार ५ सय), बालाजु (७ हजार), भक्तपुरको टिगनी (३ हजार), महाराजगन्ज (७ हजार ५ सय ), कीर्तिपुर (६ हजार) र धोबीघाटमा (८ हजार ५ सय) क्षमताको पोखरी निर्माण भइसकेको उनले बताए । कटुञ्जेमा ६ हजार घनमिटर क्षमताको पोखरी निर्माण कार्य अघि बढिरहेको उनले बताए ।

मुआब्जा विवादले गर्दा भक्तपुरको कटुञ्जेमा पोखरी निर्माण कार्य अलि ढिलाइ भएको उनले बताए । ‘८० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने । लामो समयदेखि राजधानीवासीले प्रतीक्षा गरेको मेलम्चीको पानी उपत्यकामा समानुपातिक वितरणका लागि ७४ हजार ५ सय बढी घनमिटर क्षमताका १० वटा पानीपोखरी निर्माण भएको खत्रीले बताए ।

ती पानी पोखरीबाट मुख्य पाइप र त्यसपछि सहायक पाइपमा पानी पठाइने उनले बताए । सहायक पाइप लाइनबाट सामानुपातिक प्रणालीबाट प्रत्येक व्यक्तिको घरमा पानी वितरण गरिने उनले बताए । ‘कुनै घरमा थोरै, कसैमा धेरै पानी वितरण हुँदैन,’ उनले भने, ‘आधुनिक मेसिनद्वारा पानी वितरण गरिन्छ ।’ त्यसैगरी १ लाख १२ हजार धारामध्ये ७३ हजार धारा जडान भइसकेका छन् ।

बाँकी रहेका धारा पनि जडान कार्य तीव्र रूपमा अघि बढिरहेको उनले बताए । उपत्यकाको ढल व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउन ९ वटा स्थानमा ढल प्रशोधन केन्द्र निर्माण गरिने उनले बताए । ढल प्रशोधन केन्द्र निर्माण कार्य सम्पन्न हुन अन्तिम चरणमा रहको उनले बताए ।

हाल सुस्त रूपमा काम अघि बढिरहेको भन्दै उनले मेलम्चीको सुरुङको निर्माण अघि बढेपछि मात्र एसियाली विकास बैंक (एडीबी) ले आर्थिक सहयोग गर्ने जनाएको बताए । ‘सुरुङ काम ठप्प छ, त्यसकारण त्यसको सुनिश्चिता नहुन्जेलसम्म अरू काम अघि नबढाऊ भनेको छ,’ उनले भने, ‘अन्य काम अघि बढेको छैन ।’ रिङ रोडभित्र र बाहिर केही पाइप बिछ्याउन बाँकी रहेको भन्दै उनले एडीबीले संकेत दिनेबित्तिकै काम अघि बढाउने बताए । ‘अहिले काम भइरहेको स्थानमा बढी केन्द्रित छौं,’ उनले भने । फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य पनि तीव्रताका साथ अघि बढिरहेको उनले बताए ।

गुह्येश्वरी, कोडकु, सल्लाघारी र धोबीघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको उनले बताए । ढललाई पाइपमार्फत् प्रशोधन केन्द्रमा पुर्‍याई त्यसबाट फिल्टर गरिने छ ।‘जलचर बाँच्नका लागि आवश्यक मात्रामा अक्सिजन रहेको सुनिश्चित गछौं,’ उनले भने, ‘त्यसका लागि वाग्मती नदी माथिल्लो धापमा विभिन्न भौतिक संरचना निर्माण भइराखेका छन् ।’

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="