Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९३२१ मे.वा. घन्टा
  • भारत : १०८२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१०४५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२३ मेगावाटको मेवाखोला आयोजना निर्माण हुने

ऊर्जा खबर असार ०, २०७६   975

खबर



काठमाडौं- २३ मेगावाटको मेवाखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । ताप्लेजुङ्गको मेवा खोलामा पहिचान भएको आयोजना युनियन मेवा हाइड्रो लिमिटेडले अगाडी बढाउन लागेको हो ।

आयोजनाकाे  प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनकाे काम सुरु भएकाे कम्पनीले जनाएकाे छ । अध्ययनका क्रममा कम्पनीले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रकाे भाैतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सराेकारवालासँग राय/ सुझाव मागेकाे छ । असरबारे सम्बन्धित सरोकारवालालाई अबकाे २ साताभित्र आइपुग्ने गरी राय सुझाव पठाउन भनिएकाे हाे ।

ad

याे ९ सय मिटर हेड भएकाे आकर्षक आयाेजना हाे । आयोजनाको बाँधमा जम्मा भएको पानी ३ हजार ४ सय ८२ मिटर हेडरेस सुरुङ मार्फत मेवा खोलाको बाँया किनारका निर्माण हुने भुमिगत विद्युतगृहमा खसाली विद्युत उत्पादन गर्ने गरी डिजाइन गरिएको छ ।

प्रवर्द्धकले २०८० मंसिर ४ मा आयोजना पूरा गरी विद्युत उत्पादन सुरु गर्नुपर्नेछ । उत्पादन हुने विद्युत विद्युतगृहदेखि २७ किलाेमिटर दुरीकाे ढुङ्गेसाँघु सबस्टेसनमा जाेडिनेछ ।  सबस्टेसनसम्मकाे १३२ केभी मेवा कोरिडोर प्रसारण लाइन राष्ट्रिय प्रसारण तथा ग्रिड कम्पनीले निर्माण गर्नेछ ।

मेवाखोलाको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न प्रवर्द्धक कम्पनीले प्रसारण शुल्क तिर्नुपर्नेछ । २७ मध्ये १६ किलोमिटर डबल र ११ किलोमिटर सिंगल सर्किट लाइन हुनेछ । मेवा कोरिडोरमा राष्ट्रिय प्रसारण तथा ग्रिड कम्पनीले प्रसारण लाइन निर्माण पूरा गरेपछि मेवाखोलासहित २ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

८ मेगावाटको तादी घ्याङ्फेदी पनि निर्माण हुने

८ मेगावाटको तादी घ्याङ्फेदी जलविद्युत आयोजना पनि निर्माण हुने भएको छ । नुवाकोट जिल्लामा पहिचान भएको आयोजना पूर्णलाल श्रेष्ठ र बलराम खतिवडाले अगाडी बढाउन लागेका हुन् ।

अहिले आयोजनाको अध्ययन भइरहेको छ । अध्ययनका क्रममा आयोजनाको वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन तयार गर्न स्थानीय सरोकारवालासँग राय तथा सुझाव मागिएको छ ।

सम्बन्धित सरोकारवालालाई अबको २ साताभित्र आइपुग्ने गरी राय तथा सुझाव पठाउन भनिएको छ । सरोकारवालाबाट आउने राय सुझाव मरामर्शदाता, सम्बन्धित मन्त्रालय तथा विद्युत विकास विभागको कार्यालयमा पनि पठाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="