Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मध्यमर्स्याङ्दीकाे ऊर्जा उत्पादन गत वर्षभन्दा ३६ प्रतिशतले बढ्याे

ऊर्जा खबर जेठ ०१, २०७६   1350

खबर



काठमाडौं– लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रकाे ऊर्जा उत्पादन गत वर्षकाे तुलनामा करिब ३६ प्रतिशतले बढेकाे छ । गत बैशाख १५ गतेबाट विद्युतगृह पूर्ण क्षमतामा सञ्चालन भएपछि उत्पादन बढेकाे हाे ।

अघिल्लाे वर्षकाे यही अवधिकाे तुलनामा ३५.७२ प्रतिशतले बढी विद्युत उत्पादन भएकाे जलविद्युत केन्द्र प्रमुख पशुपति गौतमले बताए । गत वर्ष यही समयमा ४५ मेगावाट (कुल क्षमताकाे ६५.२८ प्रतिशत) विद्युत उत्पादन भएकाे थियाे ।

चालु वर्ष धेरै हिमपात भएको र मनसुन सुरु हुनु अघि नै नियमित वर्षा भइरहेकाले नदीको वहाव बढ्दा बैशाखबाटै पूर्ण क्षमतामा विद्युतगृह चलेको उनले बताए । उनका अनुसार अघिल्लो  वर्ष जेठ २० गतेबाट मात्रै विद्युतगृह पूर्ण क्षमतामा चलेकाे थियाे ।

‘यो वर्ष वैशाखदेखि नै ७० मेगावाट विद्युत उत्पादन भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने,‘अहिलेकाे विद्युत उत्पादन  दैनिक १६ लाख ८० हजार युनिट छ ।’

चालु वर्ष हिउँदकाे उत्पादन पनि अघिल्लाे वर्षकाे तुलनामा बढेकाे उनले बताए । गएकाे हिउँदमा ३० मेगावाट विद्युत उत्पादन भएकाे थियाे । याे अघिल्लाे वर्षकाे तुलनामा ४ मेगावाटले बढी हाे । गत वर्षकाे हिउँदमा सबैभन्दा कम २६ मेगावाट उत्पादन भएकाे गाैतमले जानकारी दिए ।

याे वर्ष अब जेठमा पानी नपरे पनि उत्पादन नघट्ने उनकाे दाबी छ । हिमाली क्षेत्रमा हिउँ पग्लिन थालेकाले नदीकाे वहाव बढ्न गइ विद्युत उत्पादन परिमाण नघट्ने उनले बताए । अब कात्तिकसम्म पूर्ण क्षमतामा विद्युतगृह चल्नेछ ।

मध्यमर्स्याङ्दीकाे उत्पादन बढ्दा नेपाल विद्युत प्राधिकरणको मुनाफा बढ्ने उनकाे भनाइ छ । मध्यमर्स्याङ्दीले २०६५ मंसिरबाट नियमित विद्युत उत्पादन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="