Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अर्धजलाशय मध्य-मेवामा ६ बैंकको ७ अर्ब लगानी, ४२ महिनामा विद्युत उत्पादन

ऊर्जा खबर  मङि्सर १२, २०७६   3747

जलविद्युत



काठमाडौँ  । मेवा डेभलपर्स कम्पनीले ताप्लेजुङमा निर्माण गर्ने ४९ मेगावाटको अर्धजलाशय (पिकिङ रन अफ रिभर–पिआरओआर) जलविद्युत आयोजनामा ६ बैंकले करिब ७ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनी र बैंकहरूबीच बिहीबार (मंसिर १२ गते) लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

कूल ९ अर्ब २६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हिमालय बैंकको अगुवाईमा ६ अर्ब ९४ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनामा हिमालय बैंकले १ अर्ब ५० करोड, नेपाल इनफ्रास्ट्रक्चर बैंकले १ अर्ब ५० करोड, कुमारी बैंकले १ अर्ब २५ करोड, नेपाल एसबिआई बैंकले  एक अर्ब, एनसिसी बैंकले १ अर्ब तथा सानिमा बैंकले ६९ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन ।

ad

सम्झौतामा कम्पनीका तर्फबाट भानु पोखरेल, हिमालयन बैँकका तर्फबाट शंकर जोशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट रबिन श्रेष्ठ, कुमारी बैंकका तर्फबाट भुषण तण्डुकार, नेपाल एसबिआई बैंकका विनोद ढुंगेल, एनसिसी बैंकका सुजन श्रेष्ठ र सानिमा बैंकका तर्फबाट सरोज गुरागाईंले हस्ताक्षर गरे । सर्वेक्षण अनुमतिपत्र प्राप्त भएको तीन वर्षभित्रै प्रवद्र्धक कम्पनीले आयोजनाको सम्पूर्ण अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) र वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माणको चरणमा पु¥याएको छ ।

आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (६ अर्ब ९४ करोड रुपैंया) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ३२ करोड रुपैंया) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ । यसैगरी, प्रत्यक्ष वैदेशिक लगानीको रूपमा बिजनेस अक्सिजनको समेत स्वपुँजी लगानी हुने कम्पनीले जनाएको छ ।

ऋण सम्झौताका अवसरमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले आयोजनामा लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए । यस्तै, एनसिसी बैंकका विनोद ढुंगेलले सक्षम प्रवद्र्धकहरू भएकाले आयोअजना समयमै पूरा हुनेमा आफू विश्वस्त रहेको बताए । ८ महिना अघि स्थापना भएको इन्फ्रास्ट्रक्चर बैंकले लगानी गरेको यो दोस्रो आयोजना हो ।

कम्पनी स्थापनाको तीन वर्षभित्रै ऊर्जा डेभलपर्सले ग्रुप कम्पनीमार्पmत आरम्भ गरेको दुई वटा जलविद्युत् आयोजना माइबेनी (९.५१ मेगावाट) र तल्लो जोगमाई (६.२ मेगावाट) अगामी एक वर्ष भित्र निर्माण सम्पन्न हुनेछ । कम्पनीले एक वर्षको अवधिमा वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माण आरम्भ गर्न लागेको यो तेस्रो आयोजना हो ।

आयोजनाबाट स्थानीय वासिन्दासितको सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी माघ महिनादेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीका प्रबन्ध निर्देशक भानु पोखरेलले बताए । उनले निर्माण थालनी भएको ४२ महिनाभित्र आयोजना पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिए ।

प्रवद्र्धक कम्पनी मेवा डेभलपर्सका अध्यक्ष तथा सिई कन्स्ट्रक्सनका अध्यक्ष एवं प्रबन्ध निर्देशक विजयबहादुर राजभण्डारीले जलविद्युत् क्षेत्रमा पछिल्लो समयमा विद्यमान प्रतिकूल वातावरणका बाबजुद मध्य मेवा आयोजनाका लागि स्वपुँजी लगानी गर्न सकिएको र नेपालका प्रतिष्ठित बैंकहरु ऋण लगानी गर्न तत्पर भएका कारण छोटो समयमा वित्तीय व्यवस्थापन गर्न सम्भव भएको बताए ।

उनले जलविद्युत् आयोजना न्यूनतम लागत, उच्च गुणस्तर तथा प्रतिस्पर्धी मूल्यमा निर्माण गर्नेतर्पm ऊर्जा डेभलपर्स उन्मुख रहेको जानकारी दिँदै मुलुकको आन्तरिक तथा क्षेत्रीय बजार अध्ययन गरी आगामी दिनमा जलाशय (स्टोरेज) र अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माण गरिने बताए ।

‘हाम्रो कम्पनीले एउटै क्षेत्रमा साझा पूर्वाधार तथा संरचना स्रोत उपयोग (टेरिटोरियल क्यासकेड एण्ड करीडोर) गरी जलविद्युत् आयोजनाहरु निर्माण गर्दै जाने लक्ष्य लिएको छ,’ जलविद्युत्मा लगानीकर्ताले यथोचित् एवं न्यायोचित प्रतिफल पाउने गरी आयोजना निर्माण गर्न सकिने विश्वास लिएका अध्यक्ष राजभण्डारीले भने ।

अध्यक्ष राजभण्डारीले उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाहरु पनि विश्वस्त भएकाले छोटो समयमा लगानी सम्झौता सम्भव भएको उल्लेख गर्दै आयोजनामा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाको सह्राना गरे । सिई कन्स्ट्रक्सन आवास विकास, पर्यटन र पूर्वाधार विकास तथा निर्माण क्षेत्र करिब तीन दशकदेखि सक्रिय छ ।

आयोजना सम्पन्न भएपछि सुख्यायाममा दैनिक ६ घण्टा पिकिङ (पूर्ण क्षमता) र वार्षिक २९०.७६ गिगावाट आवर (२९ करोड युनिट) विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । उत्पादित विद्युत आयोजनास्थल मिखुवाखोला गाउँपालिकादेखि करीब १४ किलोमिटर दूरीमा रहेको विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्र्तगतको ढुगेसांगु सबस्टेस्नमा जोडिनेछ । उक्त सवस्टेशन हाल प्राधिकरणले निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="