Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मध्य तमोरमा ७ बैंकको ९ अर्ब ५१ करोड लगानी

ऊर्जा खबर माघ २७, २०७५   4893

खबर



काठमाडौं– ताप्लेजुङमा निर्माण सुरु भएको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजनामा ७ बैंकले ९ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । बैंक र आयोजनाको प्रवर्द्धक सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनीबीच आइतबार ऋण लगानी सम्झौता भएको हो ।

ad

नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाई तथा नबिल, ग्लोबल आइएमई बैंकको सह-अगुवाईमा आयोजनामा ऋण लगानी जुटेको हो । आयोजनामा लगानी गर्ने अन्य बैंकमा एनएमबी,एनसीसी, लक्ष्मी र नेपाल एसबिआई छन् ।

आयोजनामा बैंकले गर्ने लगानी कुल लागतको ७५ प्रतिशत हो । २५ प्रतिशत स्वपुँजी लगानी रहनेछ । आयोजनाको कुल लागत १२ अर्ब ६८ करोड रुपैयाँ अनुमान गरिएको छ । सानिमा माई हाइड्रो पावर कम्पनी एक्लैले ४८ करोड रुपैयाँ स्वपुँजी लगानी गर्नेछ ।

ad

मध्य तमोर सानिमा हाइड्रो समूहको सहायक कम्पनी सानिमा मिडल तमोरले अघि बढाएको छ । आयोजनाकाे सिभिल संरचना निर्माण सुरु भइसकेकाे छ । २०७८ भदौभित्र आयोजना सम्पन्न गरेर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत कोसी कोरिडोरको ढुङ्गेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक १२ किलोमिटर प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="