Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मध्य तारामा प्रभु बैंकको एकल लगानी, भदाैदेखि निर्माण सुरु हुँदै

ऊर्जा खबर असार २७, २०७६   1013

बैंक



काठमाडौं- बागलुङमा निर्माण हुने १.७ मेगावाटको मध्य ताराखोला जलविद्युत आयोजनामा प्रभु बैंकले एकल लगानी गर्ने भएको छ । मध्य ताराखोला हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको आयोजनामा बैंक एक्लैले ऋण लगानी गर्न लागेको हो ।

बैंक र कम्पनीबीच शुक्रबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा कम्पनीको तर्फबाट अध्यक्ष शिव गिरीले हस्ताक्षर गरेका छन् ।

ad

सम्झौता अनुसार बैंकले आयोजनामा कूल लगानीको ८० प्रतिशत अर्थात २७ करोड २० लाख रुपैयाँ ऋण लगानी गर्नेछ । बाँकी २० प्रतिशत हुन आउने ६ करोड ८० लाख रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।

आयोजना सम्पन्न गर्न ३४ करोड रुपैयाँ खर्च हुने अनुमान छ । बाणिज्य बैंकहरुको लगानी क्षमता बढ्दै गएकाले साना आयोजनामा एकल ऋण प्रवाह गर्दै आएका छन् ।

आयोजना निर्माण गर्न अहिले आवश्यक जग्गा अधिग्रहणको काम भइरहेको कम्पनीका सञ्चालक शंकर बस्यालले बताए । उनका अनुसार आगामी भदौदेखि आयोजनाको संरचना निर्माणको काम सुरु हुनेछ ।

निर्माण थालेको १८ महिनामा आयाेजना सम्पन्न गरेर विद्युत उत्पादन गर्ने लक्ष्य रहेको पनि उनले बताए । उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="