Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मध्यभोटकोसीको मुख्य सुरुङ ६ किलोमिटर खनियाे

ऊर्जा खबर मङि्सर १३, २०७६   3583

जलविद्युत



काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको मुख्य सुरुङ ६ किलोमिटर पूरा भएको छ । आयोजनाको ७.१२४ किलोमिटर लामो सुरुङ निर्माण अन्तिम चरणमा पुगेकाे हाे । सर्ज ट्यांक र पेनस्टक सुरुङमा पनि काम भइरहेकाे छ ।

चिलेमे जलविद्युत कम्पनीकाे सहायक मध्यभाेटेकाेसी जलविद्युत कम्पनीले निर्माण गरिरहेकाे आयोजना ५० प्रतिशत सकिएकाे छ । बाँध क्षेत्रका संरचना निर्माण गर्न जग खन्ने काम भइरहेकाे कम्पनीले जनाएकाे छ ।

ad

सर्ज टैक तथा पेनस्टक सुरुङ खन्ने काम भईरहको प्रवद्र्वक मध्य भोटेकोसी जलविद्युत कम्पनीले जनाएको छ । ५०  प्रतिशत निर्माण पूरा भएको आयोजनाको बाँध क्षेत्रको खोला फर्काउने तथा ड्यामको जग खन्ने कार्य भईररहको छ ।

विद्युतगृहका संरचना निर्माणकाे काम अन्तिम चरणमा पुगेकाे छ । विद्युतगृहमा अहिले ढलान कार्य भइरहेकाे छ । विद्युतगृहमा जडान हुने इलेक्ट्राेमेकानिकल उपकरण आयोजना स्थलमा आइसकेकाे कम्पनीले जानकारी दिएकाे छ ।

२०७० माघबाट सुरु भएको आयोजनाले जुरे पहिरो, भूकम्प, बाढीजस्ता प्राकृतिक विपद र ठेकेदारसँगको विवादका कारण लक्ष्यअनुसारकाे प्रगति हासिल गर्न सकेकाे छैन । प्राकृतिक विपद र ठेकेदार विबादले सम्झाैताअनुसार काम नहुँदा आयोजनाकाे विद्युत उत्पादन तालिका प्रभावित हुँदै आएकाे छ । पछिल्लाे तालिकाअनुसार अब आयोजनाले २०७७ मंसिर ९ देखि विद्युत उत्पादन सुरु गर्नेछ ।

ठेकेदार विबाद समाधान भएपछि  सिभिल तथा हाइड्रोमेकानिकलतर्फकाे चिनियाँ ठेकेदार क्वाङ्सी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सन कम्पनीले आयोजना निर्माणकाे गति बढाएकाे छ । अहिलेकाे गतिमा सुस्तता नआए अबकाे १ वर्षमा आयोजनाले विद्युत उत्पादन सुरु गर्ने कम्पनीकाे दाबी छ ।

सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा ठेक्का दिइएकाले प्रशासनिक खर्च र बैंककाे ब्याजबाहेक निर्माण लागत नबढ्ने दाबी पनि कम्पनीले गरेकाे छ । आयोजनाकाे इलेक्ट्रिमेकानिकलतर्फको भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ ।

१२ अर्ब २८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोक चार इन्भेष्टमेन्ट कम्पनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकबासी, सर्वसाधारणलगायतको लगानी छ ।

आयोजनाबाट वार्षिक ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाले विद्युत बिक्रीबाट वार्षिक २ अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="