Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मध्यभोटेकोसीको निर्माण ३ महिनादेखि ठप्प, लागत र समय उकालाे लाग्दै

ऊर्जा खबर बैशाख १३, २०७६   2279

खबर



काठमाडौं– १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको निर्माण ३ महिनादेखि ठप्प छ । चिनियाँ ठेकेदार कम्पनीले सम्झौता अनुसार काम नगर्दा आयोजनाको निर्माण रोकिएको हो ।

सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार क्वाङ्सी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सन कम्पनीलाई सम्झौता अनुसार निर्माण उपकरण प्रयोग गर्न परामर्शदाताले दवाब दिएपछि रोकिएको काम अझै सुचारु हुन नसकेको आयोजना प्रमुख सुनिलकुमार लामाले बताए । उनले ठेकेदारलाई काममा फर्काउने अन्तिम प्रयास भइरहेको बताए ।

‘परामर्शदाताले ठेक्का सम्झौता अनुसार बाँध क्षेत्र निर्माण गर्न टावर क्रेन वा मोबाइल टावर राखेर गुणस्तरीय काम गर्न भनेको थियो,’ उनले ऊर्जा खबरसँग भने,‘ठेकेदारले टेरेन । हामीले माउ सिइसी कम्पनीको उच्च स्तरीय टोलीसँग क्वाङ्सीसँगको समस्या स्पष्ट राखेका छौं । उसले पनि रिपोर्ट लिएर गएको छ ।’

अहिल सिइसीको निर्णय कुरिरहेको लामाले बताए । उनका अनुसार सिइसीबाट आउने निर्णयको आधारमा क्वाङ्सीलाई निरन्तरता दिने वा ठेक्का सम्झौता तोड्ने भन्ने तय हुने मध्यभोटेकोसी जलविद्युत कम्पनीले जनाएको छ ।

जुरे पहिरो, भूकम्प, नाकाबन्दी र भोटेकासी नदीमा आएको बाढीका कारण पटक पटक प्राकृतिक प्रकोपको जोखिममा परेको आयोजनाको निर्माण ठेकेदारको असक्षमताका कारण अनिश्चित बनेको छ । ठेकेदारले सम्झौता अनुसारको काम नगर्दा आयोजनाको निर्माण अवधि र लागत दुवै बढ्नेछ ।

पछिल्लो तालिका अनुसार अबको डेढ महिना (२०७६ जेठ) मा आयोजना पूरा भइ विद्युत उत्पादन सुरु हुनु पर्ने हाे । तर, ठेकेदारकै लापरवाहीले ५० प्रतिशत निर्माण अझै बाँकी छ । बाँकी ५० प्रतिशत काम सम्पन्न गर्न अझै साढे २ वर्ष समय लाग्ने कम्पनीले जनाएको छ ।

मध्यभोटेकोसी चिलिमेको सहायक कम्पनीले अघि बढाएको आयोजना हो । चिलिमेका १ सय ११ मेगावाटको रसुवागढी , १८.६ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन निर्माणको अन्तिम चरणमा छन् । विविध समस्या झेलेको मध्यभोटेकासीकाे निर्माण सुस्त छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="