Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२ महिनामा मिस्त्री खाेलाकाे विद्युत, ९० प्रतिशत निर्माण सकियाे

ऊर्जा खबर श्रावण २६, २०७६   1821

जलविद्युत



काठमाडौं- म्याग्दीमा निर्माणाधीन ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाले अबकाे २ महिनामा विद्युत उत्पादन सुरु गर्ने भएकाे छ । ९० प्रतिशत निर्माण पूरा भएकाे आयाेजनाबाट आगामी असाेज अन्त्यबाट विद्युत उत्पादन सुरु हुन लागेकाे हाे ।

ad

२०७३ साउनदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेको व्यवस्थापक विजेन्द्रलाल राजभण्डारीले बताए । उनका अनुसार बाँध क्षेत्रकाे निर्माण पूरा भएको छ । अहिले सुरुङ र विद्युतगृहमा समानरूपले काम भइरहेको छ ।

खनेर सकिएकाे २.३ किलोमिटर लामो मुख्य सुरुङमा ढलान भइरहेकाे उनले बताए । विद्युतगृहमा इलेक्ट्राेमेकानिकल उपकरण जडानकाे काम धमाधम भइरहेकाे छ ।

बाँकी काम सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्न अझै २ महिना लाग्ने पनि राजभण्डारीले बताए । यसअघि आयोजनाबाट भदौदेखि विद्युत उत्पादन गर्ने तालिका थियाे । तर, सुरुङ ढलानका क्रममा समस्या देखिएपछि उत्पादन तालिका एक महिना लम्बिएकाे छ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा लगेर जोडिनेछ । दाना सबस्टेसनसम्म आवश्यक ४ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको छ ।

आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नविल बैंकको अगुवाइमा ६ बैंक तथा वित्तिय संस्थाले ४ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="