Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मोदी इनर्जीमा रोजगारीको अवसर

ऊर्जा खबर श्रावण ०२, २०७६   1810

जागिर



काठमाडौं- मोदी इनर्जी कम्पनीले २३ कर्मचारी माग गरेको छ । कम्पनीले पर्वतस्थित २० मेगावाटको तल्लो मोदी आयोजना स्थलमा खटाउने गरी आवश्यक कर्मचारी मागेको हो ।

ad

इन्जिनियरदेखि भान्छेसम्म आवश्यक कर्मचारीको पदपूर्ति गर्न  आवेदन मागिएकाे छ ।  ९ जना इन्जिनियरसहित अन्य कर्मचारी नियुक्तिका लागि आवेदन खुलाएकाे कम्पनीले जनाएकाे छ । इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल विषयमा इन्जिनियरिङ गरेका अनुभव प्राप्त व्यक्तिले आवेदन दिन सक्ने छन् ।

यस्तै, मेकानिकल फोरमेन र इलेक्ट्रिसियन पदमा ३/३ जना कर्मचारी मागिएको छ । एक जना लेखा अधिकृत तथा खाना पकाउने भान्छे, सहयोगी र चालकका लागि पनि आवेदन खुला गरेको कम्पनीले जनाएको छ ।

रोजगारीका लागि आवेदन दिएकामध्ये सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकतामा राखेर कर्मचारी छनोट गरिने कम्पनीको पदपूर्ति समितिले जनाएको छ । आवेदन दिन इच्छुकले इमेलमार्फत आवश्यक कागजात साउन ३० गतेभित्र पेश गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="