Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

८ सय मेगावाटको बहुउद्देश्य आयोजना निर्माण गर्दै पाकिस्तान

ऊर्जा खबर बैशाख २३, २०७६   1516

अन्तर्राष्ट्रिय



इस्लामाबाद- पाकिस्तानले बहुप्रतिक्षित ८ सय मेगावाटको मोहमन्द बहुउद्देश्य जलाशय जलविद्युत आयोजनाको निर्माण सुरु गरेको छ । ऊर्जा उत्पादन, सिंचाइ, खानेपानी तथा बाढी नियन्त्रण गर्ने उद्देश्यले खैबरपख्तुन प्रान्तको स्वात नदीमा आयोजना बनाउन सुरु गरिएको हो ।

प्रधानमन्त्री इमरान खानले जलाशय आयोजनाको उद्घाटन गरेर निर्माण शुभारम्भ गरेका छन् । पाकिस्तानको ऊर्जा संकट समाधानका लागि महत्त्वपूर्ण मानिएको आयोजना सन् २०२४ को जुलाइभित्र सम्पन्न गरेर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको त्यहाँकाे जलस्रोत तथा ऊर्जा विकास प्राधिकरणले जनाएको छ ।

आयोजना निर्माण भएपछि वार्षिक २ हजार ८ सय ६२ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ ।  जलाशय आयोजना निर्माण गर्दा खैबरपख्तुनको बाढी नियन्त्रण भइ १६ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।

आयोजना निर्माण हुने क्षेत्र र पेशावर सहरमा खानेपानीको सुविधा पुग्नेछ । आयोजना निर्माण गर्न २.२ विलियन अमेरिकी डलर खर्च हुने अनुमान छ । आयोजना सम्पन्न भइ सञ्चालनमा आउँदा वार्षिक ३ सय ६९ मिलियन अमेरिकी डलर बराबरको आम्दानी हुनेछ

पछिल्लो ५ दशकदेखि चर्चामा रहेको आयोजना निर्माण गर्न सर्वसाधारणले आर्थिक दान गरेका छन् । पाकिस्तानमा विद्युतको माग २४ हजार मेगावाट छ । प्रणालीमा ५ हजार मेगावाट विद्युत अपुग हुँदा नियमित लोडसेडिङ हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="