Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नवीकरणीय ऊर्जा प्रविधिको विकास तथा अनुसन्धान गर्न समझदारी

ऊर्जा खबर असोज ०१, २०७६   375

नवीकरणीय ऊर्जा



काठमाडौं- नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्न  नेपाल नविरकणीय ऊर्जा परिसंघ र त्रिभुवन विश्वविद्यालय व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रबीच समझदारी भएकाे छ । नवीकरणीय ऊर्जाका प्रविधिकाे अनुसन्धान तथा विकास गर्ने गरी समझदारी भएकाे हाे ।

समझदारीमा परिसंघका अध्यक्ष गुणराज ढकाल र केन्द्रका कार्यकारी निर्देशक रामेश्वर अधिकारीले हस्ताक्षर गरे । समझदारीअनुसार परिसंघ र केन्द्रले संयुक्तरूपमा नवीकरणीय ऊर्जा प्रविधिको दिगो विकासका लागि अध्ययन अनुसन्धानकाे काम गर्ने छन् ।

ad

देशका सबै घरधुरीमा आधुनिक ऊर्जाकाे पहुँच पुर्याउन र नवीकरणीय ऊर्जाकाे उपयुक्त प्रविधि तथा आर्थिक एवं प्राविधिक पक्षकाे पनि अध्ययन गर्ने समझदारीमा उल्लेख छ ।

‘हरेक व्यक्ति, ऊर्जा व्यक्ती र हरेका घर ऊर्जा घर’ भन्ने नाराकाे आत्मसाथ काम गरिने परिसंघ अध्यक्ष ढकालले बताए । केन्द्र अध्यक्ष अधिकारीले याे समझदारीले नवीकरणीय ऊर्जा उत्पादन, प्रवर्द्धन तथा ग्रामीण विद्युतीकरणमा टेवा पुग्नेमा जाेड दिए ।

परिसंघ नवीकरणीय ऊर्जा प्रवर्द्धन तथा विकासकाे क्षेत्रमा काम गर्दै आएका सेवा प्रदायक गैरसरकारी संस्थाको छाता संगठन हो । परिसघंले संघीय तथा प्रादेशिक सरकारका लागि नवीकरणीय ऊर्जा प्रवर्द्धन तथा विकास सम्बन्धि नीति निर्माण गर्ने गर्दछ ।

नवीकरणीय ऊर्जा सम्बन्धि कार्यक्रम र योजना तर्जुमा गर्ने तथा सामुदायिक संस्था, निजी क्षेत्र र गैरसरकारी संस्था मिलेर दिगाे ऊर्जा  विकासका लागि परिसंघले काम गर्दै  आएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="