Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :५१४१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ३८५५ मे.वा. घन्टा
  • भारत : १०५९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९५९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माउन्टेन हाइड्रोले सर्वसाधारणका लागि सेयर आवेदन खाेल्याे

फागुन २३, २०७५   2061

सेयर



काठमाडौं– माउन्टेन हाईड्रो नेपाल लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले पाँचथरमा निर्माणधीन २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरेको हो ।

ad

प्रतिकित्ता सय रुपैयाँमा अंकित १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार १ सय १० कित्ता सेयर निष्कासन गरेको छ । निष्कासन गरिएको सेयरमध्ये ३६ हजार ३ सय २२ कित्ता कर्मचारीका लागि र ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १७ लाख ३९ हजार ७ सय ८८ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम ८० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आयोजनामा लगानी गर्न लगानीकर्ताले छिटोमा फागुन २८ गतेसम्म र ढिलोमा चैत्र २२ गतेसम्ममा आवेदन दिइसक्नुपर्ने छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

ad

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले निर्माण गरिरहेको आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट चालु वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="