Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अब केबलकारबाट मुक्तिनाथ दर्शन गर्न पाइने

ऊर्जा खबर असोज ०३, २०७५   1482

पर्यटन



काठमाडौं– सरकारले कास्कीको वीरेठाँटीदेखि मुस्ताङ मुक्तिनाथ मन्दिरसम्म केबलकार सञ्चालन गर्ने भएको छ । मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीको सुविधाका लागि केबलकार निर्माण गरिने भएको हो ।

मुक्तिनाथ दर्शन प्रालिले केबलकार निर्माण गर्ने लगानी बोर्डले जानकारी दिएको छ । यससम्बन्धी समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।

ad

कम्पनीका अनुसार करिब ८३.६९ किलोमिटर लामो केबलकार निर्माणको लागत ३५ करोड अमेरीकी डलर अनुमान गरिएको छ । केबलकार लाइनमा ६ वटा सबस्टेसन रहनेछन् ।

सबस्टेसनहरू वीरेठाँटी–घोरेपानी (म्याग्दी), घोरेपानी–तातोपानी, तातोपानी–तेले मार्फामा ट्रान्जिट हुनेछ  । यसैगरी, ट्रान्जिटदेखि जोमसोम, जोमसोम–कागबेनी र कागबेनी–मुक्तिनाथ खण्डमा सबस्टेसन निर्माण गरिनेछ ।

बोर्ड कार्यालयलेले गत बैशाख १५ गते बसेको बैठकमा केबलकार निर्माणको प्रस्ताव गरेको थियो । समझदारीपत्रमा हस्ताक्षर भएको १८ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न बोर्डले कम्पनीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस