Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९३२१ मे.वा. घन्टा
  • भारत : १०८२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१०४५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नलगाड सबस्टेसनमा जग्गा पर्ने स्थानीयलाई मुआब्जा दिन सुरु, अर्को वर्ष निर्माण थालिने

ऊर्जा खबर असार १२, २०७६   2553

खबर



काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले ४ सय केभी नलगाड सबस्टेसनका लागि अधिग्रहण हुने जग्गाको मुआब्जा दिन सुरु गरेको छ । कम्पनीले कर्णाली प्रदेशको जाजरकोट जिल्लास्थित नलगाड नगरपालिका–७ मा प्रस्तावित सबस्टेसनको जग्गा प्राप्त गर्न मुआब्जा वितरण सुरु गरेको हो ।

योग्य ठहर भएका स्थानीयलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट मुआब्जा बुझ्न भनिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीले बताए । उनका अनुसार सबस्टेसनमा जग्गा पर्ने १ सय ८९ जना स्थानीय मुआब्जा पाउने छन् ।

ad

‘सबस्टेसन क्षेत्रको जग्गाको मुआब्जा निर्धारण भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘ सम्बन्धित जग्गाधनीले आफैं वा अख्तियारी प्राप्त व्यक्तिमार्फत तोकिएको मुआब्जा बुझ्न सक्नुहुन्छ ।’ सबस्टेसनमा जग्गा पर्ने २६ जनाले प्रतिरोपनी ४ लाख ७५ हजार र बाँकी १ सय ५३ जनाले प्रतिरोपनी साढे ५ लाख रुपैयाँका दरले मुआब्जा पाउने पनि उनले बताए ।

मुआब्जा बुझ्न जाँदा जग्गाधनीले जग्गाधनीको प्रमाणपत्र, तिरो तिरेको रसिद र नागरिकताको प्रमाणपत्रसहित उपस्थित भइ जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । जग्गा प्राप्तिपछि वातावरण प्रभाव मूल्याङ्कन सम्पन्न गरी स्रोत जुटाएर निर्माण सुरु गर्ने लक्ष्य छ । आर्थिक वर्ष २०७७/७८ देखि सबस्टेसन निर्माणको काम सुरु हुने ज्ञवालीले जानकारी दिए ।

जाजरकोट-भेरी कोरिडोरमा निर्माण हुने जलविद्युत आयोजनाको ३ हजार ५ सय मेगावाट विद्युत यस सबस्टेसनमार्फ राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । उत्तरमा डोल्पाको दुनैदेखि दक्षिणमा सुर्खेतको मैनाताडासम्म प्रस्तावित २ सय किलोमिटर ४ सय केभी प्रसारण लाइन कम्पनीले अघि बढाउँदैछ । प्रसारण लाइनको विस्तृत अध्ययन अन्तिम चरणमा पुगेको छ । सर्वेक्षण पूरा भइ वातावरणीय अध्ययनको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

यस्तै, कम्पनीले ४ सय केभी अरुण कोरिडोरको हाइटार सबस्टेसनका लागि आवश्यक जग्गाको पनि मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । संखुवासभाको मकालु गाउँपालिका–४ स्थित हाइटारमा प्रस्तावित सबस्टेसन निर्माण गर्न अधिग्रहण हुने जग्गाको मुअब्जा वितरण प्रक्रिया टुङ्गोमा पुर्याउन लागेको हो ।

सबस्टेसनको १ सय ५ रोपनी जग्गाको मुआब्जा पाउने स्थानीयको अन्तिम नामावली तयार भइरहेको ज्ञवालीले बताए । कम्पनीले आफ्नो जग्गाको मुआब्जा दाबी गर्न कुनै विवरण छुट भएमा, फरक परेमा सम्पूर्ण प्रमाणसहित १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय संखुवासभामा आवेदन दिन आग्रह गरेको छ ।

यो सबस्टेसन पनि आव २०७७/७८ बाट निर्माण सुरु गर्ने लक्ष्य छ । सबस्टेसन सम्पन्न भइ सञ्चालनमा आउँदा अरुण नदी वेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको २ हजार मेगावाट राष्ट्रिय प्रणालीमा जोड्ने संरचना तयार हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="