Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नलगाड आयोजनाको जग्गा अधिग्रहण सुरु, साढे ३ हजार बढी परिवारले मुआब्जा पाउने

ऊर्जा खबर असोज ०१, २०७६   238

जलविद्युत



काठमाडौं—सरकारले जाजरकोटमा निर्माण हुने नलगाड जलाशय जलविद्युत आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । आयाेजनामा घर जग्गा पर्ने स्थानीय जग्गाधनी परिवारकाे नामावली सार्वजनिक गरेर संरचना निर्माण हुने क्षेत्रकाे जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएकाे हाे ।

नलगाड हाइड्रोपावर कम्पनीले अघि बढाउन लागेको आयोजनाको जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ (१) अनुसार ३ हजार ८ सय ६१ जग्गाधनीले मुआब्जा पाउने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

ad

मुआब्जा पाउने जग्गाधनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जग्गाको धनीपुर्जा, मालपोत तिरेको रसिदलगायत आवश्यक प्रमाणपत्र लिई आयोजनाको काठमाडौंस्थित मुख्य कार्यालय वा दल्लीमा रहेको स्थानीय कार्यालयमा बुझाएर मुआब्जा बुझ्नु पर्नेछ ।

आयोजना निर्माण गर्दा जिल्लाको बारेकोट गाउँपालिकाअन्तर्गत पर्ने साविकको सकला गाविसका १, २, ३, ४, ७, ८ र ९ नम्बर वडा प्रत्यक्षरुपमा प्रभावित हुनेछन् ।

नायकवाडा गाविसका ५, ६, ७ र ८, रोकायागाउँ गाविसका ६ र ९, तथा रामीडाँडा गाविसका १, २, ३ र ६ नम्बर वडा डुबानमा पर्नेछन् । आयोजना प्रभावित स्थानीयलाई मुआब्जा बाँड्ने सरकारले ७२ करोड रुपैयाँ बराबरको रुकम विनियोजन गरेको छ ।

अध्ययनमै ३ दशक
नलसिंहगाड आयोजना पहिचान भएको ३ दशकको समय बितिसकेको छ । पछिल्लो अध्ययनले आयोजना ४ सय १७ मेघावाट क्षमतामा निर्माण गर्न सम्भव देखिएको छ ।

अहिलेसम्म आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुन सकेको छैन । डिपिआर समयमा तयार नहुँदा आयोजनाको निर्माण कार्य सुरु हुन ढिलाइ भएको हो ।

अस्ट्रेलियाको स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्सल्ट प्रालिको जेभीमा सन् २०१६ को मे देखि डीपीआरको काम गरिरहेका छन् । परामर्शदाता कम्पनीले सरकारसँग ३० महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरे पनि ३९ महिना बितिसक्दा समेत आयोजनाको डिपिआर तयार हुन सकेको छैन ।

अहिलेसम्म बाँधको डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन, टोपो तथा भौगर्भिक अध्ययन, ड्रिलिङ र ४ सय केभी प्रसारणलाइनको अध्ययन सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="