Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२ महिनामा नार्माजुन मादीको विद्युत, ९५ प्रतिशत निर्माण पूरा

मङि्सर ०२, २०७६   1213

जलविद्युत



काठमाडौं । १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाले अबकाे २ महिनामा विद्युत उत्पादन सुरु गर्ने भएकाे छ । ९५ प्रतिशत  पूरा भएको आयोजनाले आगामी पुसदेखि उत्पादन सुरु गर्न लागेकाे हाे ।

२०७३ मंसिरदेखि निर्माण सुरु भएकाे आयोजना ३ वर्षमा सम्पन्न हुन लागेकाे प्रवर्द्धक हिमालयन हाइड्रो पावर कम्पनीका सचिव कृष्ण भण्डारीले बताए । उनका अनुसार कास्कीको मादी गाउँपालिकास्थित सेतीखोलामा निर्माणाधीन आयोजनाको सिभिल संरचनाको काम सकिएको छ।

ad

अहिले आयोजनाको विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानकाे काम भइरहेको उनले बताए । उपकरण जडानको काम सम्पन्न गरेर परीक्षण सुरु गरिने उनले जानकारी दिए ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको लेखनाथ सबस्टेसनमा लगेर जोडिने छ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन कम्पनीले मादी कोरिडोरमा निर्माणाधीन अन्य आयोजनाका प्रवर्द्धकसँग मिलेर संयुक्त लगानीमा निर्माण गरिरहेको छ ।

आयोजना सम्पन्न हुँदा २ अर्ब २७ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा जनता बैंकको अगुवाईमा ५ बैंकको ऋण लगानी छ । ऋण लगानी कूल लागतको ६७ प्रतिशत हो । बाँकी स्वपुँजी लगानी छ ।

मादी कोरिडोरमा यो आयोजनासहित ४४ मेगावाटको सुपर मादी, २५ मेगावाटको माथिल्लो मादी, २५ मेगावाटको बज्र मादी आयोजना निर्माणाधीन छन् । निर्माण सम्पन्न भएको १३ मेगावाटको मद्ख्यु खोलाले विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="