Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एक वर्षमा २५ कर्मचारी विभागीय कारबाहीमा, चेतावनीदेखि सेवा बर्खास्तसम्म

ऊर्जा खबर भदौ ०२, २०७६   5243

खबर



काठमाडौं- नेपाल विद्युत प्राधिकरणले एक वर्षमा २५ कर्मचारीलाई विभागीय कारबाही गरेको छ । २०७५ भाद्र १ देखि अहिलेको अवधिसम्ममा विभिन्न कसुर गर्ने कर्मचारी कारबाहीमा परेका हुन् ।

उप–प्रबन्धक (९ तह) देखि कार्यालय सहयोगी (२ तह) सम्मका कर्मचारीलाई सजाय दिएकाे प्राधिकरण विभागीय कारबाही शाखाले जनाएको छ । शाखाका अनुसार कारबाहीमा परेका कर्मचारीलाई नसिहत दिनेदेखि सेवाबाट बर्खास्त गर्नेसम्मकाे सजाय दिएकाे छ ।

ad

६ कर्मचारी सेवाबाट बर्खास्त भएका छन् । काभ्रे वितरण केन्द्रका सुपरभाइजर दिनेश थापा, भक्तपुर वितरण केन्द्रका भगवानसागर भैल, दुहबी वितरण केन्द्रका गोविन्द न्यौपाने, विराटनगर वितरण केन्द्रका सुदामप्रसाद बन्जारा सेवाबाट बर्खास्त भएका छन् । मर्स्याङ्दी जलविद्युत केन्द्रका नीतिबहादुर गुरुङ, जोरपाटी वितरण केन्द्रका विदुर पुडासैनी र नेपालगन्ज वितरण केन्द्रका जयराम न्यौपानेलाई सेवाबाट बर्खास्त गरिएको शाखाले जनाएकाे छ ।

विभिन्न तहमा कार्यरत ६ जना कर्मचारी असाधारण विदामा बसेको कसुरमा कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा विद्युत व्यापार विभागका सहायक प्रबन्धक तेजकृष्ण श्रेष्ठ, दमक वितरण केन्द्रका टिकाप्रसाद बराल, काठमाडौं ग्रिड महाशाखाकी अन्जुकुमारी बास्तोला, पर्वत वितरण केन्द्रकी रामपरीक्षण चौधरी , महाराजगन्ज वितरण केन्द्रकी इच्छा श्रेष्ठ र भक्तपुर वितरण केन्द्रका कार्यालय सहयोगी नविनध्वज राणा छन् ।

यसैगरी २ कर्मचारी घटुवामा परेका छन् । वितरण तथा ग्राहक सेवा निर्देशनालयका सहायक प्रबन्ध सञ्जयकुमार लाल र जनकपुर क्षेत्रीय कार्यालयका बरिष्ठ सहायक अमरेन्द्रकुमार सिंह घटुवामा परेका हुन् ।

प्रणाली सञ्चालन विभागका सहायक प्रबन्धक निरज खतिवडालाई सेवाबाट अनिवार्य अवकास दिइएकाे छ । उनले गरेकाे कसुरका आधारमा सेवाबाट अवकास दिइएकाे हाे ।

यस्तै, जनकपुर वितरण केन्द्रका उप–प्रबन्धक सूर्यनारायण मण्डल आर्थिक वर्ष २०७४/७५ मा स्वीकृत बजेटभन्दा बढी खर्च गरेको कसुरमा कारबाहीमा परेका छन् । उनलाई पुनः यो कसुर नदोहोर्याउन सचेत गराएको शाखाले जनाएको छ ।

राजविराज वितरण केन्द्रका सहायक प्रबन्धक चन्द्रनारायण साह र गौशाला वितरण केन्द्रका इन्जिनियर रोशनकुमार सिंह र दुहवी वितरण केन्द्रकी चन्द्रकला दाहाललाई पनि स्वीकृत बजेटभन्दा बढी खर्च गरेकाे कसुरमा सचेत गराइएको छ ।

जनकपुर वितरण केन्द्रका कम्प्युटर अपरेटर सक्कलदेव यादवलाई सेवामा पुनर्वहाली गरिएकाे छ । २०६६ असाेज २७ गतेदेखि लागु हुने गरी उनलाई पुनर्वहाली गरेकाे शाखाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस