Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

५ उपकार्यकारी निर्देशकसहित एक वर्षमा साढे ३ सय बढी प्राधिकरण कर्मचारीले पाए अवकास

ऊर्जा खबर भदौ ०४, २०७६   3698

खबर



काठमाडौं- गएको एक वर्षमा ५ उपकार्यकारी निर्देशकसहित नेपाल विद्युत प्राधिकरणमा कार्यरत साढे ३ सय बढी कर्मचारी सेवाबाट अवकास भएका छन् । २०७५ साउनदेखि गत साउन मसान्तसम्मको अवधिमा यी कर्मचारीले सेवाबाट अवकास पाएका हुन् ।

एक वर्ष अवधिमा ३ सय ६७ कर्मचारीले सेवाबाट अनिवार्य तथा स्वेच्छिक अवकास लिएको प्राधिकरण प्रशासन निर्देशनालय जनसाधन विभागले जनाएको छ । विभागका अनुसार यसमा सेवाबाट राजिनामा दिने कर्मचारी पनि छन् ।

ad

उपकार्यकारी निर्देशक (१२ तह) राजीव शर्मा, सुनिलकुमार ढुङ्गेल, मोहनरत्न शाक्य, अनिल राजभण्डारी र ओमप्रकाश राठीले सेवाबाट अनिवार्य अवकास पाएका छन् । ढुङ्गेलले उत्पादन निर्देशनालय, शर्मा र शाक्यले इन्जिनियरिङ सेवा निर्देशनालय तथा राजभण्डारी र राठीले सहायक कम्पनी अनुगमन निर्देशनालयबाट अवकास पाएका हुन् । प्रशासन निर्देशनालयकी उपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यले बुधबारबाट अनिवार्य अवकास पाउँदैछिन् ।

सेवाबाट अवकास पाउने निर्देशक (११ तह) मा विश्वध्वज जोशी, दामोदरभक्त श्रेष्ठ, ओमराज पाण्डे, सागरराजसिंह सुवाल, लोकेन्द्रकुमार थापा, हुमबहादुर केसी, राजनराज विष्ट, संजिवमान राजभण्डारी, गगन मानन्धर छन् ।

जोशी माथिल्लो अरुण जलविद्युत आयोजना, श्रेष्ठ चिलिमे जलविद्युत कम्पनी, पाण्डे पदपूर्ति विभाग र सुवाल माटोढुङ्गा तथा कंक्रिट प्रयोगशालामा रहँदा अवकास भएका हुन् । यस्तै, थापा सामान्य सेवा विभाग, केसी तालिम केन्द्र, विष्ट लेखा विभाग, राजभण्डारी माथिल्लो मोदी जलविद्युत आयोजना, मानन्धर वृहत प्रसारण लाइन आयोजना २२० केभीबाट अवकास भएका हुन् ।

सेवाबाट अनिवार्य अवकास पाउने अन्य कर्मचारी १० देखि १ तहका छन् । ग्रिड विकास विभागका निर्देशक रञ्जन चालिसेसहित ३५ जनाले सेवाबाट स्वेच्छिक अवकास लिएका छन् । विभिन्न तहका २९ जनाले पदबाट राजिनामा दिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस