Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२ सय २२ स्थानीय तहमा ९० प्रतिशत विद्युत, कर्णाली र सुदूरपश्चिममा अझै टुकीकाे भर

ऊर्जा खबर भदौ ०५, २०७६   5683

खबर



काठमाडौं- देशभरका ७ सय ५३ स्थानीय तहमध्ये २ सय २२ गाउँपालिका तथा नगरपालिकामा ९० प्रतिशत विद्युत पहुँच पुगेको छ । यी स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको हो ।

प्राधिकरणले सबै गाउँपालिका, नगर र महानगरपालिकाकाे विद्युतीकरणकाे विवरणसहितकाे तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्याङ्कअनुसार १ सय १७ स्थानीय तहमा विद्युतीकरणको अवस्था ५ प्रतिशतभन्दा कम छ । केही गाउँपालिका तथा नगरपालिका विद्युतको पहुँच अझै नपुगेको तथ्याङ्कमा उल्लेख छ । विद्युत सेवा नपुगेका स्थानीय तहका बासिन्दा टुकीकाे भरमा जीवन चलाउन बाध्य छन् ।

ad

५५ स्थानीय तहमा ५ देखि ३५ प्रतिशतसम्ममात्रै विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ । १ सय ६ स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत र २ सय ५३ मा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ ।

प्राधिकरणको पछिल्लो तथ्याङ्कले कूल जनसंख्याको करिब ७८ प्रतिशतमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको छ । करिब २२ प्रतिशतले अझै राष्ट्रिय ग्रिडको विद्युत सेवा उपयोग गर्न पाएका छैनन् ।

४ सय ६० गाउँपालिकामध्ये १ सय ३ मा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको तथ्याङ्मा उल्लेख छ ।प्रदेशका आधारमा हेर्ने हाे भने प्रदेश-१ का २३, प्रदेश-३ तथा गण्डकीका ६/६, प्रदेश-५ का ७, कर्णालीका ३७ र सुदूरपश्चिमका २४ गाउँपालिकामा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको हो ।

यस्तै, अन्य ४७ गाउँपालिकामा पाँच देखि ३५ प्रतिशत र ७१ मा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । १सय ४२ गाउँपालिकामा ६५ देखि ९० प्रतिशतसम्म र ९७ मा ९० देखि सतप्रतिशत विद्युतीकरण भएको छ ।
महानगर, उपमहानगरसहित २ सय ९३ नगरपालिकामध्ये १४ वटामा पाँच प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ । यसमा कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमशः ६ र ८ नगरपालिका पर्दछन् ।

यसैगरी ८ नगरपालिकामा पाँच देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ भने ३५ नगरपालिमा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । पाँच देखि ३५ प्रतिशतसम्म विद्युतीकरण हुनेमा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमशः ७ र १ नगरपालिका हुन् । ३५ नगरपालिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ ।

१ सय ११ नगरपालिकामा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ भने १ सय २५ नगरपालिकामा ९० देखि सत्प्रतिशतसम्म विद्युतीकरण भएको छ । प्रदेश-३ मा सबैभन्दा बढी अर्थात ९०.३० प्रतिशत विद्युतीकरण भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम २७.०३ प्रतिशत मात्रै विद्युत सेवा पुगेको छ । गण्डकी प्रदेशमा ८७.३९, प्रदेश-५मा ८१.०३, प्रदेश-२ मा ७९.७७, प्रदेश-१मा ७५.९० र सुदूरपश्चिम प्रदेशमा ५८.९० घरधुरीमा विद्युतसेवा पुगेको छ ।

सरकारले २०७९ (सन् २०२२) भित्रमा प्रत्येक घरधुरीमा विद्युत सेवा पुर्याउने र ४ वर्षभित्र प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पुर्याउने  लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न प्राधिकरणको प्रसारण प्रणाली नपुगेका दुर्गम क्षेत्रमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जा प्रविधिबाट विद्युतीकरण गर्ने सरकारको योजना छ ।

सबै जनतामा विद्युत पहुँच पुर्याउने सरकारी लक्ष्य पूरा गर्न सेवालाई नियमित, भरपर्दो, दिगो र गुणस्तरीय बनाउने प्रयास प्राधिकरणले गरिरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘विद्युत पहुँच विस्तार गर्न प्रसारण तथा वितरण प्रणालीका संरचना विस्तारको काम गरिरहेका छौं,’ उनले भने, ‘विस्तारै सबै स्थानीय तह राष्ट्रिय प्रणालीमा जोड्दै लैजान्छौं ।’ उनले राष्ट्रिय ग्रिड नपुगेका कर्णाली प्रदेशका रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा जिल्लामा चालू वर्षभित्र विद्युत सेवा पुर्याउने दाबी गरे । घिसिङले अबको २ वर्षमा डोल्पा र हुम्ला पनि प्रसारण प्रणालीमा आवद्ध हुने बताए ।

प्राधिकरणले ३४ औं वार्षिकोत्सवका अवसरमा विद्युतीकरण तथ्याङ्क समेटिएको पुस्तक सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस